गीत

Author : मीना पुमा राई
Published on : February 08, 2014


  
मीना पुमा राई

प्रिये पराईको हुँदा तिमी,म सधैं रुन्छु होला

डोलि चढी जाँदा तिमी,आधा सास हुन्छु होला ।

 

हाँसीखुशी जिउँनु तिमी म सधैं रोइ दिउँला

तिम्रो सुन्दर संसारदेखि म टाढा भै दिउँला

सम्झनाले सताउँदा तिम्रो तस्वीर छुन्छु होला

डोली चढी जाँदा तिमी आधा सास हुन्छु होला ।

 

याद बनी आउँनेछु त्यो मनको धोका खोल्नु

मुस्कान नै पर्दैन अब एकबचन मीठो बोल्नु

शाहाराबिना एक्लो हुँदा मृत्‍युलाई चुन्छु होला

डोली चढी जाँदा तिमी आधा सास हुन्छु होला