गजल

Author : तोरण राई
Published on : February 08, 2014


  
तोरण राई

 

घरिघरी बिफल योजनाहरू

अनी यसैले दिए बेदनाहरू

 

आफ्नो भन्ने हुँदा मात्रै हो

दुस्ख पर्दा शुभ-कामनाहरू

 

के कुरा गर्नु मायाको त !

कन्डोम सँगका तुलनाहरू

 

जोडे दुस्खले उसैलाई भनि

के अर्थ अब पोते गहनाहरू

 

वस्त्र त च्यातेनौ तै पनि

बलत्कृत जस्तै भावनाहरू

 

पत्र उस्तै र तस्बिर पनि

फेरिएछ त बस जमनाहरू

 

 

कागजी फूल (तोरण)

झापा,नेपाल