गजल

Author : सावारा लिम्बु
Published on : February 04, 2014


  
सावारा लिम्बु

गजल (१)

छोरी रुदैछ

 

खडेरीले बारी सुक्यो तोरी रुदैछे ।

गुहार भन्छे जंगलमा छोरी रुदैछे  ।।

 

परिधि नागेर पशु हुदा मान्छे ।

क्षितिज पारी कोठीमा मोरी रुदैछे ।।

 

पापको पोको बढेर हुर्किएर पछि |

न्याय खोज्न ढोकामा मोरी रुदैछ||

 

यस्तै हुदा गुमाएको मुटुहरु कल्पी |

सम्झनाको लामो लामो डोरी रुदैछे ||

 

खडेरीले बारी सुक्यो तोरी रुदैछे |

गुहार भन्छे जंगलमा छोरी रुदैछे |||

 

 

गजल (२)

"च्यानमा राख्नु कान्छी "

 

मदहोसी छु म ध्यानमा राख्नु कान्छी |

मरे पछी मलाई च्यानमा राख्नु कान्छी ||

 

मेरो लास मलामिले जङल तिर लादा |

फुल टिपी अन्तिम ज्यानमा राख्नु कान्छी ||

 

रुदै रुदै तस्बिर टस्नु भन्दा छातीमा |

चलेको रित सम्झी ज्ञानमा राख्नु कान्छी ||

 

मदहोसी छु म ध्यानमा राख्नु कान्छी|

मरे पछी मलाई च्यानमा राख्नु कान्छी |

 

 

गजल (३)

"मर्यो है भन्दिनु "

 

गुरासले सोधे काबॆलि झर्यो है बन्दिनु |

स्वार्थीले सोधे त्यो मान्छे मर्यो है भन्दिनु ||

 

ढलेर गए श्रीखण्ड काडा र काउछो पलाए |

यमुना गंगा सागरमा पर्यो है भन्दिनु ||

 

हण्डर जति खाएनी लडेको ढुंगा अडिन्छ |

बहुलाको हुलमा साजन तर्यो है भन्दिनु ||

 

हिमाल र पानि बेचेर भूमिहीन जनता बनाए |

आगंको लुतो अब चै सर्यो है भन्दिनु ||

 

गुरासले सोधे काबेली झर्यो है भन्दिनु |

स्वार्थीले सोधे त्यो मान्छे मर्यो है भन्दिनु |||

 

 

गजल (४)

"याद आउछ"

 

बुढी आमा रुदै होलि घरको याद आउछ |

चौतारी र पिपल अनि बरको याद आउछ ||

 

खाप्सा पिजा बिरयानी र रोष्ट चिकेन भन्दा |

ढेडो रोटो दहि दुद र तरको याद आउछ ||

 

दासी भई गुलामी र नोकर चाकर हुदा |

राष्टिय प्रतिष्ठा उच्च राखने थरको याद आउछ ||

 

स्वर्गको आगनीमा हुर्केको मान्छेले मरुभूमि हेर्दा |

हरियाली बनपाखामा बन्सो र खरको याद आउछ ||

 

बुडी आमा रुदै होलि घरको याद आउछ |

चैतारी र पिपल अनि बरको याद आउछ |||

 

पांचथर नागी ५