गजल

Author : देवराज भन्तना"विवश अश्रुमालि"
Published on : February 04, 2014


  
देवराज भन्तना"विवश अश्रुमालि"

देउरानी  जेठानी  अनि पधेर्नीका कुरा बेग्लै

तेरा पोई यस्तो भन्दै मन फेर्नीका कुरा बेग्लै ।

 

कागले  कान लग्यो भन्दा पछि कुद्नेहरु कठै

बा आमा कै उपदेश अर्ति नटेर्नीका कुरा बेग्लै ।

 

अभावमा छ आवश्यकता पल पल खड्कन्छ

दबाबमा हाँसी हाँसी  मन  सेर्नीका कुरा बेग्लै ।

 

जुन    तारा  झार्छु  रानी पोखरी बनाई दिन्छु

पिठ्युमा छुरा हान्दै अंगालो बेर्नीका कुरा बेग्लै ।

 

हाँस्नु पर्ने हुन्छ कतै दुख्दा नि कथा जीन्दगीको

मायामा शंका लि नदेखे झै  हेर्नीका   कुरा बेग्लै ।

 

आँशु आखीर एउटै त हो जो जता रोए पनि

भावमा डुबी  गजल गीत केर्नीका कुरा बेग्लै ।

 

अश्राङ्ग-३,गोरखा

हालः मरुभूमीको छातिबाट