गोगलमा नि खोजें तिमीलाई

Author : सोमु बान्तवा राई
Published on : February 04, 2014


  
सोमु बान्तवा राई

गोगलमा नि खोजें तिमीलाई भूगोलमा नि खोजें !

कहीं कतै नापाएछी अन्तै बाटो रोजें -मैले अन्तै बाटो रोजें !!

फेसबुक, ट्वीटर, निम्बाज, पनि सबैतिर डुलें !

डुल्दा-डुल्दै थकाई लाग्यो हिड्ने बाटै भुलें- सानु हिड्ने बाटै भुलें !!

युतुव,भाइबर,स्कैपमा सर्च गर्दै खोजें !

काहीं कतै नदेखेछी अन्तै बाटो रोजें -सानु अन्तै बाटो रोजें !!!

गोगलमा नि खोजें तिमीलाई भूगोलमा नि खोजें !

कहीं कतै नापाएछी अन्तै बाटो रोजें -मैले अन्तै बाटो रोजें !!!

मुटुभित्र तिम्रै मायाँ म जहाँ गए पनि !

नसम्झनु फेरी तिमी कहाँ गयो भनि -सानु कहाँ गयो भनि !!

जन्म लिन्छु तिम्रै निम्ति अर्को जुनी पनि !

नखोज्नु है कहीं-कतै हरायो कि भनि - सानु हरायो कि भनि !!!!

गोगलमा नि खोजें तिमीलाई भूगोलमा नि खोजें !

कहीं कतै नापाएछी अन्तै बाटो रोजें -मैले अन्तै बाटो रोजें !!!

 

उही :- बिरही, पांचथर नेपाल

हाल :- अल-ऐन युएई