गजल

Author : जीतु खड्का 'गाउँले'
Published on : February 02, 2014


  
जीतु खड्का 'गाउँले'

अलिकती कमाउने खुशी बोकेर 

गएको थ्यो गहभरी नदी बोकेर ।१।  

 

अभाबले थाकेन ऊ श्वास रहे सम्म 

गरिवीको तुफान र आँधी बोकेर ।२।  

 

कमाउन गाको छोरो फर्किएर आँउदा 

आएको छ कन्तुर भित्र साथी बोकेर ।३। 

 

बुढेस् कालको टेक्ने लौरो भाँचिएर होला 

भक्कानीदै रोए बाउ नाती बोकेर ।४।  

 

बिचरीको के दोष थियो जवानीमै हेर 

हिंडेकी छे आफ्नो सिउँदो खाली बोकेर ।५।  
 

कन्तुर . बाक्सा (box)