जुगा Author : बब्लु कुमार 'राही' Published on : January 29, 2014 |
||||||
म हिंडे थिए शान्ती को खोजीमा तर बाटोभरी जुगा नै भेटें शान्ती त कहिले भेटिन रगत चुसाइले कम्जोर चैं भयें तल्लो माथ्लो देब्रे र दाहिने सबै बाटो हिडिसके तर बाटोभरी जुगा नै भेटें पहाड छोडि समतल हिंडे अटुट आस्था लिएर तर बाटोभरी जुगा नै भेटें मखुन्डोको भेषमा थरी थरी का जुगा नै भेटें कोही पत्लो मोटो छोटो होचो कोही बलिस्ठ भएको फुट्ने अवस्थामा देखे कसैको त भुँडी बिस्फोट भएर रगत छादिरहेको देखे. यी जुगाको पनि रितु हुँदोरहेछ मन्द रितुमा त कमैदेख्छु रितु मा त सबैजुगा नै देख्छु जुगाले भरिएको ठाउँमा म चै शान्ती खोजिरहेछु बाटोभरी जुगा नै भेटें. मनमा ठुलो आशा लिएर गाउँतिर हिंडे तर के भन्नु ! आज गाउँ पनि शहर भएछ यहाँ पनि रगत चुस्नलाई तालिम चल्दोरहेछ कहि पनि इमान्दारहरुको नामोनिशान पाएन बाटोभरी जुगा नै भेटें त्यसैले शान्तीको नाम लिन छोडे आफ्नै कमरामा बन्द बस्छु भनी आफ्नो घरतिर फर्के । गेजिङ बजार पश्चिम सिक्किम फोन न० 7797802044 |