सपनाको मोल हुन्थ्यो भने

Author : सचित राई
Published on : January 28, 2014


  
सचित राई

पहिलोपटक कहिले सपना देखी हुँला ?

कस्तो थियो त्यो सपना ?

कसले सिकायो सपना देख्न ?

हिजोआज घोत्लिइरहेछु

निरन्तर-निरन्तर,

 

लाग्छ ?

नजानेरै सपना देख्न थालेको

एक भारी सपना बोकेर सहर छिरेको हुँ

सहरको कुन कुनामा बिलाए मेरा सपना ?

फुल्न नपाई/फल्न नपाई ��"इलाइसकेछन्,

 

राज्य नै बिखालु कि भन्ने शंका लागिरहेछ

सिंहदरबार गेटमै तुहिए कि मेरा सपना !

या बालुवाटारको महँगो पलङले कायापलट गरिदियो

उफ ! नारायणहिटीको भूतले पो खाइदियो होला

शीतल निवासमा फक्रन नपाउँदै ��"इली झर्यो क्यारे !

 

जाऊँ कि क्या हो संविधानभासभा हलतिर

एकपटक मन मिचेर श्रद्धाञ्जली दिनु

त्यहीं कतै चिरा परेको मनलाई फेरि तिलाञ्जली दिनु

पत्याउछौ भने भन्छु, 'सपनाको के कुरा आत्मदाह नै गर्नु '

किनकि

-सपनाहरू भताभुंग भएपछि

-सपनाहरू छताछुल्ल भएपछि

सम्हालिएर बाँच्नुको के मज्जा

 

सपनाको मोल हुने भए

-सायद बहुमूल्य हुन्थे कि

-या हुन्थे कौडीको भाउका

-लिलामीमा पनि बिक्री हुन्थे होलान्

तर, बिलाइसकेका सपनाको के अर्थ होला !

घोत्लिँदा-घोत्लिँदै दिमाग खिइरहेछ