केटो हङकङ आइपुग्यो Author : बज्र कुमार राई Published on : January 05, 2014 |
||||||
हिमालको अलिकति हिउँ पहाडको स्वच्छ पवन तराईको तेजिलो गर्मी नेपाली मायालु मन अनि अरबको थोरै गन्ध बोकेर अर्ध जिन्दगीमा- केटो हङकङ आइपुग्यो, हुनसक्छ उ आफ्नै घरबार बिगारेर वा अर्काको दाम्पत्य सम्बन्ध चोरेर लालचाको आई.डी.लाई पछ्याउँदै पछ्याउँदै... यहाँ आएको हुनर्ुपर्छ, यसो होइन भने- मुनामदनको प्रेमील कथा वा ग्यालिलियो दुरबीन दृष्टि उसको सानो दिमागमा पसेको हुनर्ुपर्छ, तपाई यहाँको जानकार नेतृत्व अत्याचार, क्रान्ति र शान्ति बुझ्ने मान्छे ! बाध्यता र आँशु, भाग्य र दर्ुभाग्य हत्केलामा बोकेर हिड्ने मान्छे ! भन्नुस के भन्नु हुन्छ केटो हङकङ आइपुग्यो, केही भन्नु भन्दा पहिल्यै तपाईका चिम्सा, अन्वेषक आँखाहरुले नियाल्नुस उसको आँखामा अनिँदा रातहरुमा कालो दाग छ कि छैन - उसको छातीमा तपाईकै जस्तो श्वासप्रश्वास अनि स्पन्दन छ की छैन - अझ भनुँ उसंग तपाईको जस्तै हुबहु सम्पूर्णता छ की छैन - यथार्थमा गोलार्दभरि आफ्नो पूर्खाको चिहानहरु खोज्दै तपाईको विवेकसंग समाहीत हुन केटो हङकङ आइपुग्यो । |