जीवन परीक्षा Author : सरण राई Published on : December 18, 2013 |
||||||
जीवनको हर पल हर घडी परीक्षाको घडी उन्नति, अवनति, आरोह, अवरोह उकाली, ओराली, उज्यालो, अँध्यारो प्रेम, घृणा, जीत-हार सङ्घर्ष-सङ्ग्रामका घडी कुन, के र को महत्वपूर्ण टाल्सटायलाई मनमा कुँदेर जे, जे, जुन फाँटमा छ योद्धा भइ वीरतापूर्ण लडिरहनु डार्विन सत्य भए लड्दै गन्तव्यमा पुग्नु जीवन हो जीवन परीक्षामा उत्तीर्ण हुनु हो, र जीवन परीक्षा हो परीक्षा जीवन हो । जीवन परीक्षामा उत्तीर्ण हुनेहरूको भागमा सुख, मनोरञ्जन, आनन्द, भोग, उन्नति, उचाइ, महानता उपलब्धी, गौरव मात्र पर्छ भन्नु अज्ञानताको भ्रम हुन सक्छ जाँच फेल भएकाहरू पनि बाँचिरहेका छन् सन्तोषसँग जीवन बगैचामा पुष्प समान हाँसिरहेका छन् सांसारिक जीवनको सौन्दर्य सक्रियता,सेवा, संयम र धैर्य मुटुभित्र दुःख लुकाएर मुसुमुसु मुस्कुराउने महान् परीक्षा हो परीक्षा सधैँ जीवन । कहाँ छैन परीक्षा कहाँ लिइदैन परीक्षा परीक्षा प्रेममा लिइन्छ घृणा पनि जाँचिन्छ प्रेमको कति गहिराइसम्म प्रेमी पुग्न सक्छ प्रेमिका जान्न चाहन्छे हर पल हर घडीमा जीवनको हर क्षण, हर दिन-रातमा परीक्षा भइरहेको हुन्छ परीक्षा लिनेभन्दा दिनेहरू महान् हुन् सत्यवादी हरिश्चन्द्रजस्ता सबै कहाँ हुन्छन् र गणितमा फेल भएका आइन्स्टाइनजस्तै महान् मुर्ख प्रेमी भ्यान गोगजस्तै प्रेम परीक्षामा फेल हुन सक्छौँ, र अथाह घृणा राशी बोकेर युद्ध मैदानमा होमिन्छौँ प्रेम नभए घृणा पनि हतियार हुन सक्छ त्यही हतियारले जीवन-युद्ध लड्छौँ जीत हार बहाना मात्र हो परीक्षा दिइरहनु बाँच्ने सहारा हो । आऊ, जीवन यात्रामा हातेमालो गरौँ जहाँसम्म सकिन्छ मिलेर जाऔँ बाटो आ-आफ़्नो....गन्तव्य जहाँबाट छुटिन्छ छुट्टिनुभन्दा अगाडि सँगसँगै बसेर प्रेम परीक्षा दिऊँ पास फेल जे भए पनि मनको धोको पुर्र्याऊँ परीक्षाको घाउ घाउ, प्रेमको घाउ घाउ बोकेर एक्लै एक्लै आफ़्नो गन्तव्यतर्फ जाऊँ एक्लै आएको हामी एक्लै मृत्युको काखमा जानु छ हॉसीहाँसी मृत्युवरण गर्न सक्ने अन्तिम परीक्षामा उत्तीर्ण हुनु छ । जीवन परीक्षामा सोधिने प्रश्नहरू फ़ूल किन अमर हुन सक्तैन ताराहरू किन रातमा मात्र चम्कन्छन् के आँसु र रगतका पनि पोखरीहरू हुन्छन् ? उत्तर लेख्नै पर्छ लेखौँ मनको अमर कुनामा मानवता, प्रेम र आस्था अमर छ फ़ूलहरू नरहे पनि सौन्दर्य अमर छ ताराहरू प्रेममा सधैँ चम्किरहन्छन् आँसु र रगतको पोखरीमा जीवन परीक्षा दिने वीर योद्धाहरू पौडि खेल्छन् सधैँ सधैँ मृदुल लयमा जीवन-गीत गाइरहन्छन् । |