घिन्ताङ Author : वैरागी जेठा Published on : December 01, 2013 |
||||||
घिन्ताङ मान्छेको भाग्य खोजिरहेछ वार्सिङथर्पु दोनका कथाहरू पढिरहेछ रातो घामसँगै म युँको डाँडा चढेर माइनहरू तिखारीरहेछु स्मृतिका फुलहरूमा ...वारुदको घुम्टि भित्र मानिस जन्माउँदै लडाइँको क्षितिज हाँस्छ घिन्ताङ गाउँदागाउँदै नाच्दा नाच्दै शैलुङबाट विचारहरू बग्छ वार्सिङथर्पुमा छामी हेरेँ देश मुटु पग्लियो सुस्त सुस्त पर्खिएर सहन सक्तिन प्रत्येकपल्ट माइनका शब्दहरू खर्कहरूमा गुञ्जिरहन्छ लालुपातेका आँखाहरूबाट म ठिटाहरूसँगै निरन्तर पड्काइरहन्छु वारुदका सुस्केराहरू हामी लडिरहेछौँ पंक्तिबद्धभै घिनताङमा बन्दुकबाट धुवाँ ओकलिरहेको छ हृदयमा झिरले च्वास्स घोच्छ घिन्ताङमा ढोकाको चिराबाट सूर्य किरण प्रवेशगर्न सक्दैन वटायिनहरूसँगै म नाक बजाउँदै टाकुराहरू उक्लिरहेँ याकका मसिना गोडाहरूझैँ युद्धयात्रामा अन्तुडाँडा र चित्रे भुल्न सकिन्न युगको सन्देश छर्दै हजारौँ दैलाहरूमा क्रान्तिवीरका कथाहरू सुनाउँदा मेरो आँसुको एक बूँद टल्किरहयो घिन्ताङका वलेसीमा जिलेटीङमा लुटपुटिँदै ऊ देउरालीका पाखामा नाचिरहयो किरणका झुल्काझैँ माटो मुटु रँग्याउँदै वीरताको समाचार लेखिरहयो हामी लडीरहयौँ वर्गीय लडाई महाभारत झैँ बुर्जुवाहरूको ढाड भाँच्न म हयाकुलोमा हयाउ थप्दै संगीनको जवाफ दिइरहेछु घिन्ताङ भाग्य खोजिरहेछ पाइलाहरूको विश्वासमा म युद्ध यात्रा अभियानमा छाती चिर्दै नशाको वियानो बजाइरहेछु न्याउली सँगै धर्तीका राताफूलहरू अँध्यारो हटाउन कवाज खेलिरहेछन् घिन्ताङसँगै । |