युद्धको समय

Author : मन्जुल पार्थिव
Published on : October 30, 2013


  
मन्जुल पार्थिव

रातो रगतको पानीले

देशको कुलाङगारहरूको

कालो छिटा पखाल्न

तिमीले शहीद भएर

देशको पटाङ्गिनीमा ढालिएकै दिन

गर्लाम्मै ढल्यो मभित्रको देश

तिम्रै शव थुप्रिएको चोकनिर,

 

पत्रै पत्र मृत्युको थुप्रोले थिचिएको

लासहरूको पहाडवाट

सान्तवनाको टुडाल ठढाएर

कसरी सिङ्गो देशले उभिन सक्छ ?

 

आन्तिम पटक

युद्धमा जानु अघि

मान्छेको विरूद्धमा बन्दुक पड्काउन अघि

सोच्नु पर्ने

वन्दुकले देशमा विधुवा वनाउछ

वन्दुकले देशमा टुहुरो जन्माउछ

वन्दुकले देशमा निसन्तान वनाउछ

 

प्रतेक वुद्धहरूले

वुद्धहरूको विरूद्धमा वन्दुक नै पड्काए पछि

यो देश कहा रहला ?

कसरी यो देश रही रहला ?

 

स्कुलवाट घर फर्किरहेको बेला छोरा

साथीहरूले भनेछन्

तेरो बुबा शहीद यो देशको

दुश्मनहरूले गोली चलाएर मारेका

तेरो आमा चिया पसलमा देह वेच्छिन्

देह वेचेको पैसाले तलाई पढाएका

तेरो स्कुलको फि बुझाएका

कस्ले भन्यो ?

साथीहरूले

बुबालाई कस्ले गोली चलायो ?

म आजित भए

छातीमा पीडाको भक्कानो फुटेर आयो

दुश्मनहरूले

को हुन सक्छ दुश्मनहरू ?

वन्दुकधारीहरू

छोराले बाटोमा गितार बजाउदै गरेको मान्छेलाई

वन्दुकधारी सम्झेछ

गितार वम्दुक ठाने पछि

गितारको धुनहरू

वन्दुकको आवाज सुनेपछि छोराले

कसरीयो देशको मिथोवन बन्न सक्छ ?

 

लाग्छ अचेल छोराले

काठको वन्दुक खेलौना वनाई रहेछ

पड्काउन सिकि रहेछ

काठको खेलौना वम्दुक होईन कलम बना��"स्

देशको कुनै वन्दुकधारी नहोस्

सधै ताराकलपिहाङ्मा सगै पार्थना गरी रहे छु ॥