आमा-मेरी आमा

Author : राकेश कार्की
Published on : October 23, 2013


  
राकेश कार्की

जन्माएर मलाई काखमा सुतायौ

आमा तिमीले कति रात नसुति बितायौ

मलाई सधैँ माया गर्ने मेरी आमा देउता

यो ब्रह्माण्डमा तिमी केवल एउटा,

 

औंला समाति ताते हिँड्न सिकायौ

बुबु लिटो चटाउदै जीवन हुर्कायौ

दिइरह्यौ विवेकमा शिक्षाको झोली

यो मनमा बगाइरह्यौ विश्वासको खोली,

 

लड्ला चोट लाग्ला सधैँ थामिरहने

ज्वरो आउँदा निधार हातले छामिरहने

कष्ट होला मलाई भनि जैले पनि खप्छिन्

यसो खुसी भेटे भने मलाई नै थप्छिन्,

 

हराउछु कि म भनि सधैँ बाटो बन्छिन्

सम्झना गरे मात्र मेरो बाबा भन्छिन्

मेरो हरेक चाहनामा केवल तिम्रो आश

राखिरहन्छ्यौ मलाई सधैँ तिम्रै मनमा बास,

 

तिम्रो प्रार्थनामा मलाई सधैँ वरदान

ममता छल्काइरहने प्यारो तिम्रो धड्कन

उभिरहन्छिन वृक्ष भइ जाडो, गर्मी, बर्षामा

मुस्काइरहन्छिन मेरो आनन्द, सुख, हर्षमा ।