वसाहा अनि गोरेटाहरु

Author : मोती चाम्लिङ
Published on : September 04, 2013


  
मोती चाम्लिङ
      

आज गोरेटाहरु खुम्चिएका हुन् कि

शीघ्र पदचापका निम्ति शायद होइनन ती

स्वतन्त्रताका निम्ति लायक छैनन ती

अक्सर सुन्दै आएको आहान एउटा कहानी नी

वसाहा जस्तो मान्छे !

किन्तु मनुवा जस्तो वसाहा कहिल्यै सुनिएन लोकमा

परन्तु जवर्जस्ती वसाहा,

मानिस जस्तै हुंदा हुन्

कति भ्रान्ति क्रान्तिका शीखर नायकहरु

पराजित पराकाष्ट सहन नसकि

विस्थापित इतिहास लेख्न नसकि

आकाशवाट उल्का खसे झैं खसिरहंदा

वरमुडा त्रिकोणमा जहाजहरु लुके झैं हराइरहंदा

सुस्ताउदै रोइरहेका अनि चिच्याइरहेका हुन्थे

एउटा विचलित मुर्छनामा हराएर, अनि डराएर

कल्पनाशील महलमा जडित

सिंगमरमर स्लेटका भित्ताहरु

सिंगौरीले सत्यनाश पार्दै डुक्रयाइरहेका हुन्थे

 

असन वजारको अधिकांश हिस्सा

छडुवा वसाहाको साम्राज्य जस्तै

हृजारौं हजारका वजारहरु

लाखौं लाखका शहरहरु

करोडौं अरवौंका अट्टालिकाहरु

पूरै वसाहामय, सिंगौरिमय भएर

भूइचालोको तहस नहसले जस्तै अस्तव्यस्त वनाएपछि

लुकिलुकि चुंचुं चींचींमा रम्ने मूसाहरु

खुशीले गदगद हुदै ढलेका धरहराहरु कुल्चदैं

प्रफूल्ल मनले कति नाचिरहंदा हुन्

 

यो केवल एउटा कोरा कल्पना नभएर

अपशकुनको विरासतमा ठडिएको सपना नभएर

पूर्वका जगतजंगले सुनौलो वसाहा महादेवलाई

पश्चिमतिरका स्पेनले जिंउदै वसाहा संसारलाई

समर्पण गरिरहको रमिते साक्षी वनेर हेरिरहेका छौं 

ढुंगामा वास गर्ने देवताहरुलाई

ढुंगा जस्तै कठोर मनभरीका मानिसहरुलाई

वसाहा अलपत्र जीय छाडेर सडकमाझ

शीघ्र हिडन मान्दैन या चाहदैन

वटुवाहरु हतार हतारमा लम्कन खोज्छन्

तसो भएपछि मार्गहरु सांघुरिएका छन्

राजमार्ग, गोरेटा घोडेटाहरु खुम्चिन वाध्य छन्

परन्तु वसाहा तिमि गल्लीहरुकै वलशाली वनेपनि

अरण्यभरिकै शक्तिशाली वैभवशाली वनेपनि

जव असनको गल्लीहरुमा, मोरङको विराट चोकमा

वागलुङ वजार वुर्तिवाङमा

सुर्खेतदेखि सुकेटारमा

सोलु भद्रपुरमा, सिक्लेश चितवनमा

मनाङ भैरहवामा यस्तै धेरै भूभाग भेगहरुमा

खुलेआम त्रि्रो वध वैध हुन्छ

सांगुरा मार्गहरु वेलुन झैं फुकिने छन्

भकुण्डो झै फुलिने छन्

तव फुक्का मार्गहरुमा मानिसहरु शीघ्रातीशीघ्र हिडिरहलान् वसाहा अनि गोरेटाहरु

                                   मोती चाम्लिङ

 

आज गोरेटाहरु खुम्चिएका हुन् कि

शीघ्र पदचापका निम्ति शायद होइनन ती

स्वतन्त्रताका निम्ति लायक छैनन ती

अक्सर सुन्दै आएको आहान एउटा कहानी नी

वसाहा जस्तो मान्छे !

किन्तु मनुवा जस्तो वसाहा कहिल्यै सुनिएन लोकमा

परन्तु जवर्जस्ती वसाहा,

मानिस जस्तै हुंदा हुन्

कति भ्रान्ति क्रान्तिका शीखर नायकहरु

पराजित पराकाष्ट सहन नसकि

विस्थापित इतिहास लेख्न नसकि

आकाशवाट उल्का खसे भै+m खसिरहंदा

वरमुडा त्रिकोणमा जहाजहरु लुके भै+m हराइरहंदा

सुस्ताउदै रोइरहेका अनि चिच्याइरहेका हुन्थे

एउटा विचलित मर्ूछनामा हराएर, अनि डराएर

कल्पनाशील महलमा जडित

सिंगमरमर स्लेटका भित्ताहरु

सिंगौरीले सत्यनाश पार्दै डुक्रयाइरहेका हुन्थे

 

असन वजारको अधिकांश हिस्सा

छडुवा वसाहाको साम्राज्य जस्तै

हृजारौं हजारका वजारहरु

ल्ााखौं लाखका शहरहरु

करोडौं अरवौंका अट्टालिकाहरु

पूरै वसाहामय, सिंगौरिमय भएर

भूइचालोको तहस नहसले जस्तै अस्तव्यस्त वनाएपछि

लुकिलुकि चुंचुं चींचींमा रम्ने मूसाहरु

खुशीले गदगद हुदै ढलेका धरहराहरु कुल्चदैं

प्रफूल्ल मनले कति नाचिरहंदा हुन्

 

यो केवल एउटा कोरा कल्पना नभएर

अपशकुनको विरासतमा ठडिएको सपना नभएर

पर्ूवका जगतजंगले सुनौलो वसाहा महादेवलाई

पश्चमतिरका स्पेनले जिंउदै वसाहा संसारलाई

र्समर्पण गरिरहको रमिते साक्षी वनेर हेरिरहेका छौं 

ढुंगामा वास गर्ने देवताहरुलाई

ढुंगा जस्तै कठोर मनभरीका मानिसहरुलाई

वसाहा अलपत्र जीय छाडेर सडकमाझ

शीघ्र हिडन मान्दैन या चाहदैन

वटुवाहरु हतार हतारमा लम्कन खोज्छन्

तसो भएपछि मार्गहरु सांघुरिएका छन्

राजमार्ग, गोरेटा घोडेटाहरु खुम्चिन वाध्य छन्

परन्तु वसाहा तिमि गल्लीहरुकै वलशाली वनेपनि

अरण्यभरिकै शक्तिशाली वैभवशाली वनेपनि

जव असनको गल्लीहरुमा, मोरङको विराट चोकमा

वागलुङ वजार वर्ुर्तिवाङमा

सर्ुर्खेतदेखि सुकेटारमा

सोलु भद्रपुरमा, सिक्लेश चितवनमा

मनाङ भैरहवामा यस्तै धेरै भूभाग भेगहरुमा

खुलेआम त्रि्रो वध वैध हुन्छ

सांगुरा मार्गहरु वेलुन झैं फुकिने छन्

भकुण्डो झैं फुलिने छन्

तव फुक्का मार्गहरुमा मानिसहरु शीघ्रातीशीघ्र हिडिरहलान्