'स्खलन र उत्थान प्रपञ्च पथमा'

Author : मोती चाम्लिङ
Published on : August 08, 2013


  
मोती चाम्लिङ

महामानवले भनेका थिए, तिमी त्यो वाटो नलाग

परन्तु तिमी त्यै बाटो लाग्यौ

हिजो अस्तिका दिन झैंलागीरहेछ

त्यो सिस्ने हिमाललाई साक्षी राखेर,

तिमीले अनगिन्ति मनहरुलाई वली चढाइदियौ

वलीवेदिको भेलमा खहरे, हेलीएर सकिए ती

जीवन अनुवन्धित प्राणहरु थिए कि,

विचार मात्रै,, अनिगिन्ति वग्दै गए

उता जलजलामा तृणको वस्ती नवसाल्दै

एता अरुणको चिसो जलाधिमा औंलो चोवल्न लगाएर

अविछिन्न जन्ती र मलामीका  तांतीहरुलाई

वाचा, कसम र किरिया पिलाउंदै

कंचनजंघाको नाभीवाट तिल्विलाउदै र सल्वलाउदै

कोशीको उतल्लो किनारहरुसम्म

समर्पण र समाहित हुन उकासीरहयौ

चट्टान झै कोमल वक्ष पिलाउंदै

दांगको दनदन अग्निकुण्डमा तैरिन लगायौं

 

आफनै जस्तो लाग्ने जीवनहरुलाई, दर्शनको पट्टी लिपेर आंखामा

कृष्णकोणको परिभाषा वक्न उत्तेजित तुल्याउंदै

ममता सापटि दिने र लिने नाममा

वर्गीय मायाको सरल वाह्रखरी कखरा रटाउदै

अक्करको असहज गोरेटोतर्फ

भेंडा वाख्रालाई गिदिमा घोप्दै

अनिश्चित गन्तव्यको पदचिन्ह टेक्न वाध्य वनायौ

 

तिमी कलाकार हो कि सांच्चै

जन्मभूमिको आकृतिलाई नयां रंग भर्छु भन्थ्यौ

अनि शुरु गरयौ देशको रंगीन पानालाई कैंची लगाउन

टुक्रै टुक्रा पुतली र फूल अनि सौन्दर्य लाक्दै

कालीदेखि मेचीसम्म, मेचीदेखि कालीसम्म

विछोड र वियोगको धुनमा क्षितिज झैअनन्त, अनन्त

 

तिम्रा सवै वाचाहरु औंशीको चकमन्न रातहरु भए्,

कि त कुण्ठा ग्लानी घातहरु भए ?

तिम्रा जाली प्रपञ्चको भूताहा महल

मोमको महल जस्तै नाजूक छ

अनि तिम्रा प्रपञ्च पथ र वन्दुकको आवादी

निर्जन निस्प्राण सन्नाटाको कुरुप जंगल जस्तै छ

तिम्रा हरेक विहानीहरु अतृप्तिका उत्कर्षमा छन्

तिम्रा हर शुभ अनि साम

भट्किरहेका आत्माहरुको स्वागतको प्रतिक्षामा हुन्छन्

 

तिम्रा र हाम्रा अगुवाहरु जेल, नेल र झेलसंग निडर रहे

पाउनु थोरै के पाए, किन्तु गुमाउन के वांकी राखे ?

तिमी कायर हो, र नै त भयभित छौ

रित्तिसकेको साहश हो, तव त पातलीदै जांदो छौ

अपराधको चूली चांगमाथि तिम्रो, वनीसकेको छ शीरानी

वलात तिमी निदाउनै सक्छौ कसरी ?

कुण्ठा र अफशोचमा लटकिएको जीन्दगी र त्यसको परिभाषाले

तिम्रो विज्ञान वांचीरहन्छ कसरी ?

 

मैलै तिमीलाई मेरो वन्धक देशको हिटलर भनिन

जंगे, चन्द्र शमसेरहरुको लहरमा पनि गनिन

किन कि तिमी अहिले मेरै वर्तमान हौ

वुझाइमा, अनुभूतिमा, भोगाइमा

र प्रतिपल कष्टप्रद जिउनुमा

हामीले यस धर्तीको टर्रो स्वाद

संगसंगै चाखिरहेका छौं

दुषित अक्सिजन संगै निलिरहेका छौं

झनै दूषित कालो कार्वन संगै ओकेलीरहेका छौं

आश्चर्य !! यो छ मित्र, तिमि अघिल्लो युगको

महामानवको बाटोमा छौ अहिले

तिम्रो अनिश्चित, गन्तव्यहिन अक्करको भीरालो वाटोवाट

फनक्क फर्केर पछाडि, तिम्रो कोखशास्त्र विज्ञानलाई कुल्चेर निर्मम

महामानवको पदचिन्ह पछयाउदै, 'वुद्धको ओम मनि पदमे हुमू रटदै

अजंग भीरालो वाटोवाट फिरेर आयौ तिमी

यसमा मुरीका मुरी साधुवाद छ तिमीलाई

किन्तु निर्दोष लावालस्कर भीमकाय जन्तीलाई किन

खसालीदियौ उतै, यो हर जनम जनमसम्मको सोधनी छ तिमीलाई ,,,

 

३१ औं वि पि स्मृति दिवस हङकङमा कविले सकल वाचन गरेको कविता ।