गजल

Author : आशिष साम्पाङ 'महेश'
Published on : August 08, 2013


  
आशिष साम्पाङ 'महेश'
      

कसैको नाउँमा आँशु, झारेको मान्छे

अरुलाई त जितेर पनि, हारेको मान्छे

 

सुख पाउन मान्छेहरु मरिमेट्छन् आज

आफ्नैलागि त दु:खै दु:ख पारेको मान्छे

 

सबैलाई ज़िन्दगीमा ख़ुशी नै प्यारो लाग्छ

अजम्वरी यादमा दर्द सारेको मान्छे

 

नियतीको खेलमा आखिर पर्नुपर्दो रैछ

दमित आफ्नै चाहानालाई मारेको मान्छे