लाहुरे विरासत

Author : राई चन्द्र दुमी
Published on : May 05, 2013


  
राई चन्द्र दुमी

भाग २

 

आज स्कूल खुलेको पहिलो दिन । सधै जस्तो हो भने सम्पूर्ण विद्यार्थी मिलेर सरसफाई अभियान चलाउँनुपर्ने तर अफसोच कचहरी छ स्कूलमा । केही पुलिसहरु पनि आएका छन, कोही गार्ड सेका छन होस्टेल छिर्ने मलगेट र स-साना गेटहरुमा । यौटा अफिसर केही सिपाही लिएर प्रयोगशाला चेकगर्दो छ । पक्कि भवनको पछिल्तिरबाट प्रयोगशालाको पर्खाल फोडेर चोरी भएको छ र चोरेको अभियोगमा अमर र बिमल दाजुभालाई त्यहि रुखमा डोरीले बाधेर राखेको छन, फलामे हत्कडी ठुलो भयो । जुन रुखको फेदलाई केन्द्र बनाएर बनेको राउण्डबेन्च, जहाँ वसेर भाचाहींले १५ दिन दशैं बिदा मनाएको थियो मूलगेटमा हेरेर । आँखाहरु थाके तर अरुहरुको जस्तो आमा अविभावक कोही लिन आएनन अमर बिमललाई, किनभने उनिहरुको आमा बावा ब्रुनाईको नौ वर्षे कन्ट्याकमा अझ एक बर्ष बाकिनै छ । आज अचानक चोर भएका छन दुवै, दशैं मनाएर होस्टेल फर्केका सारासाथीहरुको रमिता भएका छन अमर बिमल । १२, १४ बर्षका उनिहरु रूँदा रूँदा आँशु सकियो सायद, अवदुवै रोएको छैनन । मानिस सम्झीसम्झी बर्षौं रुन्छन तर लगातार १५ दिन रुने यो मेरोलागि पहिलो रेकर्ड हो । पन्ध्र दिन रुने नावालाकहरुको भविष्यले हिटलर बन्ने संकेत दिन्छ थोरै प्रतिशत बुद्ध, क्राईस्ट र गान्धीहरु । कसैलाई ......असर पर्दैन भने नेपालको हकमा म भन्छु यो संख्या जनजातिहरुमा मात्र छ । अरुहरु पैसा होईन विवेक लानी गर्छन । तर मेरो दाजुभाइहरु छोरा पढाउँन पैसा ओईराए पुग्ने देख्छन जसरी अमर बिमलको बाबा श्रीमतीलाई गफ्फा दिन्छ, २ २ छोराहरुलाई वोडर्स गर्ने जंगे हुँ तेरो बुडा........

अमर लाज सर्मले घोसे मुन्टो लगाएको लगायै, बिमलमा भने नजानिंदो यौटा ज्योति लेको छ बदलाभावको त्यो जग्जजाउँदो ज्योति उस्का कति साथीहरुले ,,ओई पहाडे चोर.......,, भन्दै गलल्ल हाँस्दै थुक्दा पनि बिमलको नजुर गिरेको छैन । निडर, निस्फिक्रि उ दाजुलाई प्रोत्साहित गरिरहन्छ ,,दाजु तलाई गाह्रो भयो हो ? टाउको उठा......हामीले त्यति गह्रुंगो ..............सुक्ष्मदर्शक यन्त्र र टेलिस्कोपहरु कसरी बोकेर बजार लान सक्छौं ? त्योपनि त्यति साह्रो भित्ता भत्काएर अझ पछाडि जंगलको बाटो राती, अनि हामी कसरी कस्लाई बेच्छौं ? अहिले बोजु आएर त्यहि कुरा भन्नुहुनेछ अनि हामीलाई पुलिसले छाडिदिन्छ, अमर टाउको उठा..., अनि तालाई थाहा छनी हामीपनि २० बर्षमा यो पाले अंकल, पुलिस र प्रिन्सिपल जत्रै त्यस्तै ठूलो मान्छे हुनेछौं बुजिस.......? त्यतिबेला उनिहरु बुढा भईसक्नेछन अनि..........अनि नी.......,,

अमरले टाउको उठाएर भाइलाई पुलुक्क हेर्यो । अमर आफु दाजु भए पनि धेरै कुराको आशा गर्छ बिमलसंग र बिमललाई यो कुरा थाहा छ पाठ्यपुस्तक लगायतका बौद्धिक कुराहरुमा भने अमरको मुख ताक्छ तर हमेसा यस्ता कुराहरुमा भने बिमल अनायसै यौटा अविभावकको भूमिका गरिरहको हुन्छ । कोर्षको कितावहरु बिमलले अमरबाटै सिक्छ । अमर फस् ब्वाई हो स्कूलको, एक कक्षा जुनियर बिमल कनिकुथी पास सम्म हुन्छ । सियर गर्नुपर्ने आ-आफ्नो भूमिकाको हकमा भने समान लाग्छन दाजुभाइ ।

भित्र पुलिसले ईन्क्वाईरी गरिरहयो पालो पालेको थियो । कस्ले चोरेजस्तो लाग्छ तिमीहरु भनेको सुरक्षागार्ड हौ बिध्यालयको ? उनिहरुले फेरी त्यहि बयान दोहोरयाए ,,हामीलाई उ त्यो रेखाभन्दा पर जाने अधिकार छैन, प्रयोगशालासंग जोडिएको होस्टेलमा यी दुई केटाहरु बस्थे, दशैंमा मासुभात खान रमाईलो गर्न पैसा चाहियो त्यसैले उनिहरुले चोरेकोमा कुनै शंका छैन हजुर ।

कुकले बयान दियो 'म संग सम्बन्धित कुरा होईन यो । दशैंमा कोही पनि यहा बस्दैनन् तर यिनीहरु बसेपछि उहाँ पालेहरुलाई जस्तै मलाई पनि १२ प्रतिशत थप तलव पाउँने करारमा म उनिहरुको सेवा गरेर वसेको हो । ईमानसाथ भन्छु २ जनाकोलागि मेस यहाँ खोल्दिन तर उनिहरुलाई होस्टेलको रुल अनुसार समयमा खाना खुवाउँन घरमा मेरो केटाकेटीले खानेभन्दा राम्रो खाना लिएर आएकै छु मेरो घर य त्यही हो नजिक छ म यहाँ रहदिन'

सवैतिरबाट प्रयोगशाला फोरेर चोरी गरेको प्रमाण पुगेपछि प्रिन्सिपलले फकाएर सोध्यो 'भन अमर तँ तेरो भाइ बिमलजस्तो फटाहा होईनस, जेन्टल केटा होस, कहाँ लगेर कस्लाई बेच्यौ तिमीहरुले ? नढाँटी भन हामी केही गर्दैनौं तिमीहरुले लिएको पैसा तिरेर सामान फिर्ता गर्नेमात्र हो'

यतिबेला भने दुवै ग्वाँ ग्वाँ रोए फेरी, दुरदेशमा भएको आमा गुहारेर आमा आमा भने, कराई कराई पोल हाले 'आमा हामीले चोरेको छैनौ, बरु  कुक अंकलको नमिठो खाना खान नसकेर दाजु लुते भईसकेको छ, अस्ति बेहोसनै भयो' बिमल आवेशमा रुँदै करायो, घिच्रोबाट टाउको भाँचेर माथितिर हेर्दै दुवै हात पछाडि बाँधिएको कतिपय अन्यायको कुराहरु पनि बर्बराउँथ्यो भने अमर खाली ठूलो स्वरमा आमा आमा भनेर रुनेमात्र । अफसोच वेदनाको भित्रीतहबाटै उजागर भएर आएको त्यो मर्मस्पर्सि रुवाईले कसैलाई पगाल्न सकेन । सम्वेदनाजन्य रुवाईका कंकला शब्दहरु नजिक झोड जंगलका बन्यजन्तुहरुले नतमस्तक भएर सुने, मात्र त्यति ।

पुलिस अनुसन्धान बिभाग ईन्सपेक्टर गर्ज्यो,  'यी यिनीहरु रुनेसाथ प्रमाण पुगि गयोनी ......., प्रयोगशाला यिनीहरुको होस्टेल पछाडि एकान्तमा रहेछ, गार्डहरु ४०, ५० मिटर दुरीनै वर पोस्टमा रहन्छन, बिद्यालय र होस्टेलले छलेर यहाँबाट देख्न पनि नसकिने रहेछ, बडो ढुक्कले धन्दा गर्न पाउँने भने यिनीहरु वाहेक अरु को हुनसक्छ चोर्ने ?  प्रिन्सिपल ज्यू यिनीहरुको अविभावकलाई तुरुन्त झिकाउँनोस किनभने १६ बर्ष नपुगेको यिनीहरुलाई जेल लान मिल्दैन हाम्रो कस्टर्डीमात्र हो' । मुसुक्क हाँसेर थप्यो 'कुरा यतै मिलाउँनु पर्ला.........हैन.....? बिचरा नावालकहरु किन अदालत पेशी गरेर जेल सजाय दिने ?' सुनेर अमरको आँखा घृणाले जोडले बल्यो एकचोटी सक्दो हो त त्यस्को मुखभरी थुकि दिन्थ्यो । बिमलले खासै कुरा बुझेन अमरलाई प्रश्नवाचक दृष्टि दियो, अमरले पनि बुझेको हो भाइको समस्या तर उनिहरुलाई अनुकुल वातावरण थिएन यो ।

आईतेनी बोजुलाई धेरैले धेरैपटक फोन गर्दा एकपटक उठ्यो र उताबाट आवाज आयो 'म त घरको काम गर्ने केटी हो, उहाँ त हङकङ जानुभएको पर्सिमात्र आईपुग्नु हुन्छ'

प्रिन्सिपलले सवैकुरा भन्न आवश्यक ठानेनन सायद, र यतिमात्र भने 'यहा पुलिस अफिसरहरुले खोज्नुभएको हो उहाँ आईपुग्ने साथ बिद्यालय जानु भनिदिनु' । उताबाट 'हस' भनेपछि यता त्यतिन्जेल (आईतेनी बोजु आईन्जेल) अमर बिमललाई पुलिस कस्टर्डी हिरासतमा राख्ने निर्णय गरेर सोही बमोजिम कागजपत्र तयार गरे । हेर्दाहेर्दै दुवै हात पछाडि बाँधेको उनिहरुलाई थोत्रे भेनमा चढाएर बन्दुकधारी पुलिसहरुको घेरामा राखेर पुलिस ठाना चलान गरे । फ्...........कति अनमेल परिस्थिति, बिसंगती र अस्वाभाविक वातावरण । अनि भाग्यमा कोरिएका बिचित्र चित्रहरु......। दुईजना नावालकलाई दश बाह्र लाठे सिपाहीहरुले घेरा हालेर लगे यौटा ठुलो युद्ध अपराधि समात्यौ जस्तो गरेर । यतिवेला भने जिस्काउँने उनिहरुको साथीहरु पनि मौन थिए तर आमा बाहेक अरु कुनैपनि भगवानको नाम थाहा नपाएको अमर विमल भने आकाशै थर्काउँने गरेर अरु जोडले चिच्याउँदै रुँदै थिए आमा आमा भनेर । उनिहरु भेनले उडाएको धुलोमा छिनभरमा हराए ।

मूलगेटमा फोन सुविधा थियो तर निरज दौडदै बजार गयो र करिव रौद्र वाणीमा फोन गर्यो 'मामु , मामु अमर र बिमलले चोर्यो भनेर पुलिसले पाता कसेर लग्यो, मामु....... मेरो कति राम्रो साथीहरु, उनिहरु चो.......चो चोर्दैनन,........मामु चोर्दै............. .तपाई आउ......नु......,, उ बोल्न सकेन फोन चार्ज १ रुपैया फ्यात्त फ्याँकेर फेरी ढुन्मुनिंदै होस्टेल फर्क्र्यो, त्रासभरी आँखाले पालेलाई हेर्यो तर आज पालेले प्रिन्सिपललाई त्यस्तो कुनै कम्प्लेन गरेन ।