लाहुरेहरू र आदिवासी जनजातीहरू अनागारिक जस्तो

Author : काङमाङ नरेश
Published on : April 29, 2013


  
काङमाङ नरेश

       नेपालीहरू विदेशीने परम्पराको सायद जेठो ईतिहास हुन सक्छ लाहुरे शब्द । यो जेठो ईतिहास आफै जन्मिएको हैन । यो ईतिहासलाई राज्य सत्ताले जन्माएको हो । आदिवासी जनजातीका लक्का जवानहरू भर्ती भई वेलायतको साम्राज्य विस्तार गरे र गर्दै आईरहेकोछ । राज्यसत्ताले तिनीहरूलाई भर्तीमा पठाईनु । तिनीहरूलाई भर्ती पठाए वापत आएको रोयल्टी खाने र तिनीहरूकैबारेमा अनेक प्रकारका नकरात्मक प्रचारवाजी गरिनु षड्यान्त्रको खेल थियो भन्ने आशंका गर्न सकिन्छ ।

. १८१४, २० अक्टोबर को दिन एउटा डर लाग्दो ईतिहासको जन्म भयो । ईष्ट ईण्डिया कम्पनीले नेपालको विरुद्वमा युद्धको घोषणा गरेको दिन थियो त्यो । पश्चिमी मोर्चाहरूमा झण्डै २ बर्षसम्म  घमासन युद्ध भयो । त्यसपश्चात २ डिसेम्बर १८१५ मा गोर्खा राज्य र ईष्ट ईण्डिया कम्पनी विच एउटा सन्धि भयो । यो सन्धिमा हस्तक्षर गरिएको मितिको सन्दर्भमा ईतिहासकारहरूको विचमा एक मत देखिदैन । तर यहि सन्धिलाई सुगौली सन्धिको नामले चिनिन्छ । यहि सन्धि पश्चात गोर्खाली नेपालीहरू वेलायती सेनामा भर्ती भई वेलायतको सम्राज्य विस्तार गर्दै आईरहेक न् । राणाहरूले गाउँहरूमा हुकुमी उर्दी लगाएपछि तालुकदार र मुखीयाहरू मार्फत कटुवाल घोकाउँदै गल्लावालको साथमा भर्ती पठाउँथे । विशेष गरेर आदिवासी जनजातीका लक्का जवान छोराहरू बाध्य भई गल्लावालसंग भर्ती हुन जान्थे । किन आदिवासी जनाजातीका छोराहरू मात्रै त्यो वेलामा भर्ती हुन्थे ? किन उनीहरूलाई मात्र राणाहरूले गाउँ गाउँमा हुकुमी उर्दी लगाउँथे ? यो सबै भन्दा गम्भिर प्रश्न हो ।

सम्पुर्ण उर्वर समय लाहुर घरलाई दिएर पनि लाहुरेहरू नेपाल राष्ट्रको लागि धेरै गरिमामय र उल्लेखनीय कामहरूगरेका छन । धरान शहर पहिला कस्तो थियो भनेर हामीले हाम्रो बाजे पुस्तालाई  सोध्यौ भने राम्ररी जान्न सक्छौ । त्यस्तै पोखरा, वुटवल काठमाण्डौका नख्खीपो, ताल्चीखेल आदि ठाउँरहरू कति सफा छन । ती सबै लाहुरेहरूले वनाएका शहरहरू हुन् । 

राणा शाशनको समयमा लाहुरेहरूले गाउँ गाउँमा स्कूलको स्थापना गरेका छन । जून समयमा नेपालीहरूले स्कूलमा पनि पढ्न पाउने अधिकार थिएन । दोस्रो महायुद्को समाप्ति पछि १९४७ मा भारत स्वतन्त्र भयो । वेलायतले भारत छाडेर जाने भएपछि, गोर्खाहरूको कटौति गरी राखेको तलव फिर्ता दिने भए । कटौति गरेर राखेको पैसा के गर्छन् ? धेरै जसो अवकाश भैसकेका छन् ? नेपालका तत्कालीन प्रधान सेनापतिसंग सम्पर्क गरी गोर्खालीहरूको जम्मा भएको रकम ति अवकाश पाएका गोर्खालीहरूलाई फिर्ता दिनु भनी ईण्डियाका तत्कालीन प्राधान सेनापतिलाई छाडेका थिए वेलायत सरकारले । ईण्डियाको तत्कालीन प्राधान सेनापतिले नेपालको तत्कालीन प्रधान सेनापति ववर शम्सेरलाई सम्पुर्ण कुरो बुझाएर सबै रकम फिर्ता दिएका थिए ।  

नेपालको तत्कालीन प्रधान सेनापति ववर शम्सेरले भु.पु. गोर्खा अफिसरहरूलाई वि.. २००५ साल कार्तिक महिनामा काठमाण्डौ वोलाई पौष महिना सम्म वैठक बसेका थिए । उक्त वैठकमा ववर शम्सेरले सोधेका थिए, 'यो पैसा तिमीहरूले के गर्छौ भनी' । उक्त वैठकमा भु.पु. लाहुरेहरूले लामो छलफल गरेर त्यो रकमलाई गाउँ गाउँमा शिक्षाको लागी स्कूलको स्थपना गर्ने र औषधालय/स्वास्थ्य चौकीको निर्माण गर्ने निर्णय गरे । जिल्लाहरूमा डिस्ट्रिक सोल्जर वोर्डको स्थापना गरेर नेपाल सारकारले एक एक जना कर्माचारी खटाएका थिए । त्यस वोर्डको अध्यक्ष र उपध्याक्षमा भु.पु. लाहुरेहरूलाई नियुक्ति गरेका थिए । उक्त वैठकमा पुर्वी नेपालबाट भु.पु. क्याप्टेन कमान सिंह, सरदार हादुर लिम्वु, चैनपुरबाट जगत बहादुर याख्खा, भोजपुर निवासी सरदारबहादुर हर्क राज राई 'उनले पहिलो विश्व युद्धमा सरदार बहादुर पदक पाएका थिए' । सरदार बहादुर मानसेर राईको उपस्थिति थियो । त्यसैगरि नेपालको पश्चिम भागबाट धेरै जना सहभागी भएका थिए जसमा छैठौं गोर्खा राईफलका हनेरी क्याप्टेन रडक सिंह गुरुङ्ग, चारऔ गोर्खा राईफलका हनेरी क्याप्टेन नर बहादुर गुरुङ्ग, (उनी पछि मन्त्री पनि भएका थिए) । ९ गोर्खा राईफलको तर्फबाट अगन्धर क्षेत्री आदि लगायतका भु.पु. लाहुरेहरू उपस्थित भए भएका थिए । त्यस पछि गाउँ गाउँमा एक एक जना प्रतिनिधि तोकी स्कूलहरूको स्थापना गरेका थिए । जस्तै भोजपुरको तिम्मा गा.वि.. मा चहक मान राईलाई खटाएका थिए भने भोजपुरकै सानो दुङ्गमामा भु.पु. सुबदार जित वीर राईलाई खटाएका थिए । यसरी भु.पु. लाहुरेहरूको पसिना, रगत र जीवनसंग साटेको पैसाले नेपालमा शिक्षाको ज्योति छर्ने काम गरेका छन् । सेवारत लाहरेुहरूले एक दिनको तलव काटेर दिने गरेका छन् । त्यो रकमबाट व्रिटिस वेयलफेयर सोसाईटि मार्फत गाउँहरूमा स्कूल, हेल्थपोष्टहरूको स्थापना गरिरहेका छन् । पिउँने पानी घर घरमा पु्याईरहेका छन् ।

नेपालमा रेडियो स्टुडियोको स्थापना भोजपुरमा भु.पु. लाहुरे नारादमुनि थुलुङ्गको नेतृवमा भएको थियो । जुन समयमा अप्रेटर अप्रेटर भन्ने गरिन्थो । उहाँले रेडियो ईन्जिनिरको काम गर्थे । उनी पनि भुपु लाहुरे नै थिए । उनका छोराहरू पनि भर्ती भए । उनका एक छोरकृष्ण बहादुर राई गोर्खा आन्दोलनमा लागिरहेका छन् । उनी विगेसोका उपाध्यक्ष छन् । भोजपुरमा स्थापना गरिएको रेडियो स्टुडियोलाई नेपाली कांग्रेसले विराटनगरमा सारेका हो । अहिले हाजीर जवाफ प्रतियोगताहरूमा सोध्ने गरिन्छ नेपालमा सबैभन्दा पहिले रेडियो स्टुडियोको स्थापना कहाँ भएको हो ? उत्तर आउँछ विराटनगर । ठिक भनी ताली वजाईन्छ । २००७ सालमा राणा शासनको विरुद्वमा भोजपुर जील्लाबाट भु.पु. लाहुरेहरू नारदमुनि थुलुङ्ग, राम प्रसाद राई आदिले हतियार उठाएका थिए । उनीहरूले भोजपुर, खोटाङ्ग, ओखलढुङ्गा, संखुवासभा, चरीकोट, धनकुटा आदि ठाउँहरूमा राणाहरूलाई परास्त पारेका थिए । त्यति मात्र नभएर विरगंज, विराटनगर जस्ता ठाउँहरूमा भोपुरबाट किराती सेनाहरू पठाई राणा शासन अन्त्य गर्नमा पहिलो भुमीका निर्वाह गरेकाछन लाहुरेहरू समुदायले । नेपाली भाषामा पहिलो फोनि कार्यक्रम चलाउने भु.पु. लाहुरे किशोर गुरुङ्ग हुन । पहिलो नेपाली गायक मास्टर मित्र सेन थापम मगर हुन । नेपाली पप गायनको प्रवर्तक नोरदेन तेन्जिङ्ग । लाहुरेहरू नेपाल फर्केपछि कतिले कम्पाण्डरको काम गरे । बच्चा जन्माउन नसकी कयौ छोरीचेलीहरूका अकालमा ज्यान जान्थे । गाउँघरमा धामी झाक्री भन्दा अर्को कुनै उपाय थिएन ।  पल्टनघरमा सिकेको सिपलाई सदुपयोग गर्दै उनीहरूले छोरीचली र नानीहरूको ज्यान बचाए । खोला खोल्सी र घरको नजिक दिशा, पिसा गर्नु हुदैन शौचालयमा गर्नु पर्छ भनी उनीहरूले सिकाए । अनुशासित बन्ने पर्छ भन्ने कुरा सिकाए । यस्ता धेरै महत्वपुर्ण कामहरू गरेका छन् लाहुरेहरूले ।

पहिलो विश्व युद्को समयमा नेपालको जनसंख्या जम्मा ५६ लाख थियो । २ लाख भन्दा धेरै गोर्खाली नेपालीहरू वेलायती सेनामा कार्यरत थिए भने ५५ हजार भन्दा धेरै गर्खाली सेनाहरू युद्धभुमिमा परिचालीत भएका थिए । दोस्रो विश्व युद्धमा नेपालको जम्मा जनसंख्या ६० लाखको हाराहरीमा थियो । २ लाख पचास हजार भन्दा धेरै गार्खालीहरू वेलायती सेनामा कार्यरत थिए । गोर्खाली नेपालीहरू अर्थात आदिवासी जनजातीका हजारौ हजार युवा पुस्ताले वेलायतको साम्राज्य विस्तार गर्ने क्रममा आफ्नो ज्यान सर्मपण गरेका छन् ।  पहिलो विश्वयुद्ध, दोस्रो विश्व युद्ध र व्रनाई युद्धमा मात्रै ६० हजार भन्दा धेरैले ज्यान गुमाएको अनुमान गर्न सकिन्छ । हजारौंको संख्यामा अंगभंग भए । युद्धमा हराएका गोर्खाली नेपालीहरू बर्मा, ईटाली, फिजी, वेल्जियम, ईण्डिया जस्ता देशहरूमा विस्थापित हुन पुगे । त्यहि डरलाग्दो ईतिहास निर्माण गर्ने क्रममा विश्वको सर्बोच्च पदक भिक्टोरिया क्रस १३ जना गोर्खाली नेपालीहरूले पाउन सफल पनि भए । यी आदिवासी जनजातीका छोराहरू मात्र अर्काको देशको लागि पठाईनु अर्थ के ? आदिवासी जनजातीलाई हरेक क्षेत्रमा पछाडि पार्नको लागि वुनिएको षड्यान्त्र थियो भन्ने अर्थ अहिले आएर लागेकोछ । युद्धको कारणले तिनीहरूका पुस्तौ पुस्ता वढ्दै जाने जनसंख्यालाई समाप्त पार्न सफल भए । जम्मा ६० हजार भन्दा धेरैले वीर गती पाउनु । त्यतिकै संख्यामा हराउनु र विभिन्न देशहरूमा विस्थपित भएर जानेहरूको संख्यालाई गणितिय हिसावमा उतार्ने हो भने तिनीहरूको जनसंख्या झण्डै एक करोड भन्दा धेरै हुन्थे । ति युवा पुस्ताहरू युद्मा नमरेका, नहराएका भए तिनीहरूका सन्ताहरू यो वेला कार्यपालीका, न्यायपालीका, ब्यावस्थापिका सबै ठाउँमा हुन्थे । मन्त्री देखि नेतासम्म, सचिवदेखि पिएन सम्म, प्रोफेर देखि स्कूलमा घण्टी वजाउने चौकीदारसम्म हुन्थे । पहिले पहिले पुर्खाहरू बाध्यताले भर्ती भए । त्यसपछि एउटा भर्ती लाग्ने संस्कार बन्यो । त्यसपछि वेलायती सेनामा आफ्नै स्वईच्छाले भर्ती जाने संस्कार बन्यो । त्यसपछि एउटा राम्रो आय आर्जन गर्ने ठाउँ बन्यो गोर्खा भर्ती । अहिले आएर नेपालीहरूको लागि सबै भन्दा राम्रो पैसा कमाउने र सरल जीवन जीउने माध्यम बन्यो लाहुरे घर । गोरा सिपाही बराबर मासिक तलब सुविधा पाउन थालेपछि गैर आदिवासी जनजातीहरू पनि धमाधम भर्ती लाग्ने संस्कार बनिरहेको छ । तर अहिले आएर लाहुरेहरू र आदिवासी जनजातीहरू नेपालमा अनागारिक जस्तो भएका छन् ।