म सडक र संघियता Author : टोप बहादुर राई Published on : April 10, 2013 |
||||||
म सडक छाप चप्पलधारी सबै एउटै ड्याङ्गका मूलाहरु ! अण्ड हिमालको विर्य पहाडको गोडमेल विहारको ! बाँधेर हात कति बस्नु सदियौं सम्म ? हातहातमा गैती, बेल्चा र कुटृो कोदालो बोकेर छेउकुना खोस्रन्छन् कतिले अव त कतै संघियताको टुसो पलायोकी ? अह ! फेरि पनि ठुस्स गन्हायो एउटा कुनामा उहि पुरोहित बाजेको पिण्ड देखाउँछ लाचार ति चोरी औंलाले भ्रमका त्यहि एकात्मक विधानहरु, नझर्ने भो साँढेको... दिक्क दिमागहरु तातिन्छन् खैलाबैला मचिन्छ फेरि मै सडक माथी धुवाँको मुस्लोहरुमा आक्रोशका तेजाव मुसिन्छन् अब त कतै संघियता पाक्योकी ? अह ! फेरि पनि मगमगायो एउटा भाडोमा उहि पुरोहित बाजेको मख्खन प्याच्च बोल्छन चेपारे ति जिब्राहरु घ्याम्पामा जाँड रोपेर पनि कतै संघियता फल्छ र पाक्छ ? मर्दको भारी फोक्सो भने झैं तिनले त हामीलाई आङकै भुत्ला ठानेछन् कति आफै र्झछन सडकमा कति झारिन्छन फुटपाथमा कति टाँसिएरै बस्छन जेहोस हिजो हात्ती हुँ भनी हुँकार गर्नेहरु आज सत्ताबाट चिप्लिएर सडकमै पछारिन्छन् एउटै सपना ओढेर झरेका भुत्लाहरु पनि टुक्रिएर सडकमै बिलाउँछन् अवत कतै संघियताको कपाल पलाउने हो की ? अह ! फेरि पनि ताउ लगाउँदै मुस्कुरायो उहि पुरोहित बाजेको जाली जुँगा विदेशी भत्ता र नोकरीको धोतीमा अल्झिएका तिमी जुम्रा-लिखाहरुले पनि कतै कोखामा पल्टिएर आमाशय चुस्ने हामी जुकाहरु माथी अंश हकदावी गर्न सुहाउँछ ? |