गुत्थी सुल्झीन्छ की भयवादको ?

Author : श्याम सुन्दर थापा
Published on : March 23, 2013


  
श्याम सुन्दर थापा

      हङकङको साहित्यक फाँटमा विगत केही समय यता भयवादको चर्चा सुन्नमा आयो । हङकङमा मात्र नभएर नेपाल लगायत अन्य नेपाली डायस्पोराले पनि देश सुब्बाजीको भयवादलाई नौलो आविष्कार पो हो की भनि यस प्रति जिज्ञासा व्यक्त गरेको भान भयो जुन डायस्पोरामा बस्ने नेपाली साहित्यकारहरुको लागि गौरवशाली कुरा हो । भयवादको विषयमा नेपाल, भारत लगायत यहाँका साहित्यकारहरु बिच छलफल वा गोष्ठिहरु हुँदै आएता पनि पाठकवर्ग सामु यसको दस्तावेज भने आई सकेको छैन । सकारात्मक होस वा नकारात्मक हङकङका सात्यिकारहरुको यस विषयमा लिखित प्रतिकि्रया देख्न वा सुन्नमा त्यति आएन । तसर्थ यही भयवादको विषयमा नै एउटा आम पाठकको हैसियतले आफ्नो जिज्ञासा पोख्नु मेरो यस लेखको उद्देश्य हो ।

 

संक्षिप्तमा भयवादी सिद्धान्त:

प्रारम्भिक चरणमा जीवन भय देखि निर्देशित छ र जीवनचक्रको धूरी भय हो भन्ने कुरालाई पुष्ट्याउँदै आउनु भएको भयवादी चिन्तक देश सुब्बाजीको भयवादी सिद्धान्त परिमार्जित हुँदै आईरहेको छ । वहाँको भयवाद अनुसार अन्य दर्शन जस्तै जिवनलाई हेर्ने एउटा दृष्किोण हो । साँझबिहान हामीलाई भइरहने भयकै व्याख्या हो यो । मानिसको चेतना विकास संगसंगै जीवन, मृत्यु, समस्या, रोग सबै थाहा पाउँदै जान्छौं र हामीलाई असुरक्षा, घटना, दुर्घटना, जोखिम सबैले घेर्न थाल्छ । जसले हामीमा भय जन्माउँछ । त्यही भयबाट मुक्ति पाउँन अनेकौं भूमिकामा प्रकट हुने -उपाय खोज्ने) गछौर्ं । त्यही भयको व्याख्या हो भयवाद । वहाँले आफ्नो दुईटा उपन्यास "अपमान" "आदीवासी" मा भयवादलाई प्रयोग गरी सक्नु भएको पनि छ ।

हुनत मैले आजसम्म सृजनाको नाममा छुटपुट यात्रा संस्मरण बाहेक केही लेखेको छैन । मेरो जीवनको शिक्षा छिमेकी मुलुक भारतमा भएको हुनाले पनि नेपाली भाषामा मेरो पकड माछाको पुच्छर समाते जतिकै छ । एउटा आम पाठकको रुपमा आफुलाई उभ्याएर पढने र बुझ्ने हैसियतले आफ्नो नितान्त व्यक्तिगत बुझाई पस्कने चाहना यहाँ उर्लेर आएको मात्र हो । प्रारम्भिक चरणको शिक्षा अन्र्तगत भाषा हिन्दी रहेको हुनाले थोरै भए पनि नेपाली भाषा र साहित्य बुझ्ने प्रयास गरी रहेछु भन्दा हुन्छ । हङकङको साहित्यक फाँटमा भयवादको चर्चा चलेपछि यस तर्फ ध्यानाकषिर्त हुनु तर पर्याप्त र पुर्ण व्याख्या पढ्न नपाउनु पनि जिज्ञासाको अर्को कारण हुन सक्छ । भयवादको विषयमा अन्य मित्रहरु सित बुझ्न खोज्दा वहांहरुले टाउको कन्याउन थालेको पाएपछि सात्यिकारहरुको शरणमा पनि पुगें । "जीवन र जगतलाई हेर्ने यो पनि एउटा नयाँ विचार हो" भनेर बुझ्नु भाको रहेछ भुपेन्द्र चेम्जोंङजी ले । दस वर्ष अगाडी भयवाद माथी एउटा लेख लेखेर यसलाई सतह (ground)  मा ल्याउने अर्को साहित्यकार टंक सम्बाहाम्फेजीको भनाईमा "जीवनलाई हेर्ने यो आँखीझ्याल पृथक माध्यम हो र साहित्यले जीवन भोगेको हुनु पर्छ भन्ने मान्यता बोकेको भयवादमा यही कुराको व्याख्या गर्न खोजिएको छ, देशजी ले ।"

वहाँहरुबाट विषयवस्तुलाई ठम्याउँन सफल भएतापनि आन्तरिक तहसम्म पुगेर गुदी खोतल्न भने सकिएन । र मेरो यही अनभिज्ञता र अन्योलले तेस्र्याईदीएको छ यहाँ अनेको प्रश्नचिन्ह भयवाद माथी ।

 

विषय प्रवेश:

मानव मस्तिष्कमा उब्जीने कैयौं भाव (chemical reaction) मध्य भय पनि एउटा भाव (emotion)  हो । यो कुरा सर्वमान्य र सर्वविदितै छ । भय शब्दको आविष्कार भएपछि मानवजातीको बौद्धिक विकासक्रम संगसंगै परिमार्जित हुँदै यसमा नया आयामहरु थपिदैं गईरहेको देखिन्छ । दार्शनिकहरुले यसलाई परिभाषित गरि सकेका छन् । वैज्ञानिकहरुले पनि व्याख्या गरि सकेका छन् र यसमाथि विभिन्न तह र कोणबाट थुप्रै गहन अध्ययन, अनुसंधान पनि भई रहेको हामी पाउँछौं ।

के भयको पछाडी वाद (प्रत्य)_ (ism - suffix) थपी दिएर यसको मूलभुत अर्थ, व्याख्या, परिभाषा वा पृक्रतिमा फरक पार्न सकिन्छ ?

के साहित्यक पृष्ठभुमिमा भयको बढी महत्व, पृथक पहिचान वा भिन्न भुमिका रहेको छ ?

के भय भावको महत्व अन्य भावहरु भन्दा धेरै वा पृथक हुन सक्छ ?

के वास्तवमै नेपाली लगायतका अन्य साहित्य भयवाद रहित रिक्त रहदैं आएको थियो ?

सिद्धान्तको कसी के हो ? के यसलाई स्थापित गर्नुको निमित्त भयवादमा पर्याप्त सम्भावना रहेको छ ?

अनेकौं मानविय -संवेदना) भावहरु मध्ये एउटालाई मात्र प्राथमिकता दिएर जिवनलाई दृष्टिगोचर गर्नुमा तार्किक कारण के हुन सक्ला ?

भयवादको रहस्य, देश सुब्बाजीको दस्तावेज आईसकेपछि पर्दाफास त हुनेनै छ तर अहिलेसम्म वहाँको भयवादले सबैलाई प्रष्टयाउँन सकेछ जस्तो लागेन मलाई ।

मेरो दृष्टिकोणमा सिद्धान्त एउटास्तो परिकल्पना, नीति, चलन या अभ्यास हो जसले समूह, संगठन वा जीवन-जगतलाई जिउने चलाउने व्यवस्था मिलाएको हुन्छ । भय भन्ने शब्द नितान्त व्यक्तिगत कुरा हो ।

- "मापदण्डको कुनै आधार नभएको हुनाले भयवाद माथी तर्क गर्ने ठाउँ नै छैन् । र यो भयभावको उत्पत्ति भने नौलो पनि होइन" प्रदीप कन्दङवाजीको ठहर छ ।

- "सर्वमान्य भईसके जस्तो लाग्दैन र भयवादको पूर्ण व्याख्या सहितको दस्तावेज तयार नगरी भयलाई वादको उपमा आफै दीनु नपर्ने" मान्यता राख्नु हुन्छ नरेश सुनुवार । "तर यद त्यो दस्तावेज तयार भैसकेपछि मात्र यसलाई बुझ्न सजिलो होला जस्तो लाग्छ," थप्नु हुन्छ वहाँ ।

- "भयवाद विषय आफैमा विवादास्पद रहेको मत राख्नु हुन्छ शिव प्रधान ।

- "भयवादलाई जीवन दर्शन भन्न मिल्दैन । यो मात्र एउटा मनोवैज्ञानीक अध्याय हो" भन्नु हुन्छ रक्षा गुरुङ ।

अग्रज आविष्कारकहरुले मनुष्यको चेतना अनुसार वृद्धि हुँदै जाने भावहरुलाई नौ रस "नवरस" मा विभाजित गरेका छन ।

. क्रोद्ध रस, . काम रस, . करुणा रस, . भय रस, . वात्सल्य रस, . विभत्स् रस, . वीर रस, . शोक रस, . प्रेम रस । धार्मिक मान्यता अनुसार भक्तिरस पनि थपिएको छ ।

उपर्युक्त प्राथमिक रसहरु बाहेक अन्य अनेकौं रस (भाव) हरु छन जुन मानिसले अनुभव गर्दै गईरहेको हुन्छ ।

उदाहरणको लागि भयभावको अरु शाखाहरु पनि छन् जसको चर्चा यहाँ गरिएको छ कि छैन ? जसरी आतंक, डर, त्रास, झस्को, स्तब्ध, तर्सनु, आत्तिनु (Terror, Affraid, Scare, Shocked, Nervous, Panic, Horrify, etc.)  यी सबै भावहरुको आआफ्नो स्थान, महत्व र व्याख्या छन् ।

सर्पको आकृति देखेर उत्पन्न हुने भय, फाँसी लाग्न लागेको मानिसको भय कदाचित एक हुन सक्दैन ।

भयवादको यस नौलो संज्ञाले सबै भावलाई एकमुस्ट पारी दिएको भ्रम श्रृजना त गरेको छैन ?

शाररिक विकास संगसंगै मस्तिष्क भित्र हुने चेतनाको विकास र चेतनाको विकास संगै अन्य भाव वा रसको पनि विकास हुँदै जान्छ । मानिसको उमेरले पनि यसमा महत्वपूर्ण भुमिका खेलेको हुन्छ जसरी परिपक्क मानिसमा भिरबाट लडँने भय रहेको हुन्छ तर एउटा शिशुमा बिस्तराबाट लडँने भय रहको हँुदैन । तरुन पुरुष व तरुनी नारीमा प्रेम भावको मात्रा वृद्ध मानिसमा भन्दा प्रचुर रहेको हुन्छ र भय भावको मात्रा न्यून, वृद्ध मानिसमा यसको विपरित । त भयभाव परिवर्तनशील छ, प्राकृतिक हो यो अब यस पछाडी वाद प्रतय जोडेर साहित्यक मान्यताको परिधि भित्र बाँध्न सकिएला र यसलाई ? (Charles Darvin) को Theory (Evolution) लाई मान्ने कि नमान्ने ?

हुनत साहित्यकारले जिवन जगतलाई हेर्ने आफ्नो दृष्टिकोण लिने स्वतन्त्रता राख्दछ र देशजीले यो विश्वलाई भयवादको दृष्टिकोणबाट हेर्दै हुनुहुन्छ । मेरो जिज्ञासा के हो भने जीवनलाई एउटा कोण -भाव) बाट मात्रै हेर्दा सम्पुर्ण जीवनको झलक कसरी पाउँन सकिन्छ ? के जीवन दर्शन अधूरो रहने सम्भावना रहन्न त्यहां ? किनकी कुनै एक भावको अभाव वा अधिक मात्रामा उपस्थितिमा मानिस असमान्य वा बौलाएको मानिन्छ जस्तै प्रीयजनको मृत्यु हुँदा रुनु भएनभने, साथीले ठट्टा गर्दा हाँस्नु भएनभने, दुश्मन देख्दा रिस उठेन भने, प्रियलाई भेट्दा आनन्दित भएनभने आदि ईत्यादि ।

भयरस संगसंगै अरु रसहरु पनि हाम्रो चेतनामा सुसुप्त अवस्थामा बास बसेको हुन्छ केवल समय र परिस्थिति अनुसार ती भावहरु उपयोग हुने गर्दछ । विद्यार्थीले परिक्षामा कडा परिश्रम फेलहुने भयले मात्रै गरेको हुँदैन, राम्रो भविष्य बनाउने सपनाले पनि प्रेरित गरेको हुन्छ उसलाई ।

भयको अनुपस्थिति अवस्था पनि भयवादको सिद्धान्त विपरित हो कि जस्तो लाग्छ । "ज्यानको आहूति दीने" जस्ता शब्दहरु प्रयोग हुँदै आएको छ । यस्तै स्वाभिमानको निमित्त अशक्त मानिस बलवान सित जाई लाग्छ, आफ्नो शिशुको सुरक्षाको खातिर आमाले भयंकर खतरा पनि आत्मसात गर्न सक्छ, आदि । यि अवस्थाहरुमा भयको ज्ञान हुँदाहुँदै पनि मानिस भयभीत हुँदैन ।

यदि चेतनाले भय (मृत्युको) जन्माउँछ भने त्यही चेतनाले मृत्युलाई स्वीकारेको छैन र ?

सामान्य रोग लाग्दैमा मानिस भयभीत हुँदैन, भय गरेर निको पनि हुने छैन बरु उपचार तिर लाग्छ । अन्ततः निको भएन भने मृत्युलाई सहर्ष स्वीकारनु बाहेक अरु केहि उपाय छ त भयवाद सित ?

के हाम्रो भयवादमा भयको निकास छ, वा त्यसतर्फ मार्ग निर्देशित गर्छ त यसले ?

भयलाई हेर्ने विभिन्न दृष्टिकोणहरु जस्तै धार्मिक दृष्टिकोण, आध्यात्मीक दृष्टिकोण, वैज्ञानिक दृष्टिकोण, भौतिकवादी दृष्टिकोण, आधुनिक दृष्टिकोण । यि मध्य केहीले भयलाई आफ्नै ढंगले प्रस्तुत गरी सकेका छन जस्तो लाग्छ ।

दु:, पिडा, मृत्यु या अस्तित्व मेटिने भयले उर्पयुक्त यी दृष्टिकोणहरु मध्य धार्मिक र आध्यात्मीक दृष्टिकोणले ] (Enlightenment) मोक्ष, स्वर्ग, नरक, पुर्नजन्म आदिको आविष्कार गरि सकेका छैनन र ? के मृत्यु या अस्तित्व मेटिने भयको निकास द्वार (Exit Door) को रुपमा यी प्रतिपादित भई सकेका छैनन् र ?

 

उपसंहार:

यति हुँदाहुँदै पनि भयवादले अनेकौं सकारात्मक सम्भावनाहरु बोकेको हुन सक्छ जुन कुरा भविष्यको गर्भमा लुकेको छ र देशजीको सिद्धान्तले पूर्णता लिएपछि मात्र निर्धारित गर्ने छ ।

"भयवादले मनोविज्ञान र चिकित्सा क्षेत्रमा सहयोग पुर्याउँन सक्छ" भन्ने मान्यता राख्नु हुन्छ भुपेन्द्र चेम्जोङजी ।

व्यक्तिगतरुपमा भन्नु पर्दा यस वादले कस्तो स्वरुप लिन्छ त्यो आफ्नो ठाउँमा छदैंछ तर जेहोस भयवादले साहित्यकारहरु सामु कसरत गर्ने अवसर भने जुटाई दिएको छ । "आजसम्म आएर भयवाद निकै फराकिलो बनी सकेको छ" भनाई छ देशजीलाई नजीक देखि नियाल्ने साहित्य सहयात्री टंक सम्बाहाम्फेजीको ।

अन्तमा, सबै कुराहरुलाई समेट्दै, सिद्धान्तको मूल्य र मान्यता तथा रीतिथिती पुर्याएर देशजीको भयवाद पाठक सामु आ��"स र सबैको मान्यता बोक्दै सफल बन्न सकोस भन्ने शुभकामना सहित विदा ।