अधिकार र नश्लीयताको जिकिरः सङ्गीनको मूर्च्छना

Author : गणेश राई
Published on : March 21, 2013


  
गणेश राई
Author

       पहिचान सहितको संघियताको रापले मुलुक तातिएको यो समय यौटा स्रष्टाको सृजनात्मक चेतना त्यो तापबाट बेखबर चिसिदै निस्क्रिय रहन कदापि नसक्दो रहेछ । संघियता पक्षधरहरूले राजनैतिक नाराका ठूल्ठूला स्वर मञ्चबाट मात्रै उरालेका रहेनछन्, त्यहाका प्राचिन स्थानीय मिथक र विम्बहरू साहित्यिक संघारमा फक्ताङ्लुङ् र याःचोत्लुङ्को उचाई पनि उभिएका रहेछन् । साहित्य समाज र सामाजिक तत्वहरूबाट सृजित विडम्बना र विसङगतिका यथार्थ फेहरिस्त कहने शालिन अनि सशक्त माध्यम हो भनिन्छ । त्यसो हो भने असमानता र भेद्भावका गहिराई पुर्न र केन्द्रीयताका साङ्लो फुस्काउन रचित रचनाहरूको बेवास्ता गरियो वा गरिएन मातेको मान्छेको भाषण सुनेर ऊ आफै हिड्ने बाटोको आयतनले आफै कहिरहेछ ।

म त हाक्पारे गड्तिरमा बसेर

तमोरको धमिलो पानी हेर्दैछु

किन यो खोलामा

संधैसंधै धमिलो पानी मात्र बग्छ ?

फक्ताङ्लुङ्को आाशुमा

कसले मिसायो होला यो कमेरे माटो ? ...........      (साइनो)

फोक्लाम तेम्बेका यी कुङ्बा अथवा कवि टंक वनेमले स्वच्छ फक्ताङ्लुङ् अर्थात् कञ्चनजङ्घा हिमालबाट रसाई झर्ने तमोरको पानीको प्राकृतिक रङ्माथि प्रश्नचिहृन ठड्याउँनु उनको भूमिप्रतिको पवित्र आस्थााका साथै विराट जिम्मेवारि समेत हो । तिगेन्जङ्वासीहरूलाई झक्झकाउनु, विद्वतसभामा भेला भई धारिलो दल्सिङ ढुङ्गामा बुद्धिमाथि रेति अर्थात शान लगाउनु र त्यही सिरुपाते बुद्धिको झट्टि हानी आफू हुनुको अर्थ उप्काउनु सङ्गीनको मूच्र्छनाको काव्यिक उद्देश्य देखिन्छ ।

अब पनि निरपेक्ष सिद्धान्त अलापियो भने

फेरि पनि चन्द्रागिरिको पहाडमाथि

अर्को तारा खस्ने छ

सबैलाई थाहा छ तारा खस्ने पहाडहरूमा

विचारको लिङ्गो वरिपरि चेतना घुम्ने छ .............(हिदानको गुफा र चेतनाको लिङ्गो)

कतिलाई लाग्दो हो यो कविता अथवा काव्यिक भाषामा खरो अर्थात् चेतावनी, गालि वा नाराजस्तो पनि । तर कविले उद्घोष गरेझैं कालभैरवको टाउको ��"ढेर अब पनि आफ्नै आागनमा युद्ध या भागबन्डाको अर्को खेल मौन टुलुटुलु हेर्नुको अर्थ तमोरको भदौरे मुल्कोमा आफैले आफैलाई हेलाई बगाउँनु हो ।

   कृतिभित्रको अर्को पक्ष जन्मभूमिप्रतिको गम्भीर श्रृद्धा हो । कवि टंक वनेमका माटो प्रेमका कविताहरू प्नि उत्तिकै सशक्त छन् जति सशक्त उनका अपनत्व खोजिका कविताहरू छन् ।  राष्ट्रप्रेमसित मुटुको साइनो बलियोसित जोडिएको हुन्छ । त्यसो हुनाले कवि हाक्पारे गाउँदै मैनाम् सम्झिन्छन्, पालामको भाखामा केलाङ नाच्छन् । कहिले कविताको च्याब्रुङ्  ठटाउँछन् त कुनै समय भावना र विम्बको गहिरो र जटिल काबेलि बग्छन् । \

चिल, गिद्ध र काकाकुलको देश हुँदैन

उनीहरू जहा पनि उडेर जान सक्छन्

हो नि त । पंक्षिलाई जस्तो स्वतन्त्रता मान्छेलाइृ काहाँ छ र ! मान्छेलाई कस्ने साध छ । मान्छेलाई बाध्ने सिमाना छ । मान्छेलाई वैध्य र अवैध्य अर्थात नागरिक र अनागरिक बनाउँछ त्यही साध सिमानाले । त्यहा मेचि नदी बग्छ र त्यसले भूगोल अथवा देश र बिदेश छुट्याउँछ । त्यही पारि मानेभञ्ज्याङको साधमा जङगे पिलर उभिएको छ त्यसले पनि देश चिनाउँछ । अत्तोपत्तो छैन सिंहदरबारलाई, त्यो रातारात सारिएको छ । केही मतलब छैन सीमा निगरानि गर्नेलाई त्यो जीर्ण छ कुनै पनि बेला ढल्न सक्छ । त्यो ढले नेपाली खुम्चिने छ ।

राष्ट्रीयताको करङ भाचिन्छ

र दुहिन्छ हिमालको फाचो

सुदर्शन चक्रको गह्रुङगो बुटले

टेकिन्छ सार्वभौमसत्ता

गिाडिन्छ सीमास्तम्भको घाटी

तर पनि हाँसिरहन्छ स्थुलथुम्किबाट

शहिदको खेति गर्ने छेम्खुवा सत्ताको नकाब ....................(बुख्याचा टाउको र गान्धारी आखा)

प्रश्न जटिल र जरुर उठ्नु स्वाभाविक छ वर्तमान राष्ट्रको संरचनात्मक स्वरुपदेखि किनाराकृत पारिएकाहरूबाट । त्यो प्रति कसैले धारे हात नउब्जाए हुुन्छ । जुठो नपरेको अर्थात् चोखो जून घामको निम्ति मुन्धुम फलाक्दै आयामका प्वाखहरूका पखेटाले उड्दै पैताला अटाउँने धरतीको  खोजिमा कविले बिद्रोही बन्न पर्ने थिएन । दुर्भाग्य समयक्रमले त्यतै डोराएको स्थिति छ । नश्लीयबोध उनको कविताको अर्को जिकिर हो ।

अस्विकृत इतिहासको आकास मुन्तिर

नीलकाडा, चोमोलुङ्मा र म

नीलकाडा हाँसिरहन्छ .....................  (अस्विकृत इतिहास)

सहनु अनि मौन रहनुको पनि हद हुादो रहेछ भन्ने कुरोको वास्तविकता आज हामीले देख्दैछौँ । बाध्यताले थलिनुको नियति थला परी लम्पसार पसारिनु हैन । धमिलोको सन्देहताभित्र मौन दुख्दै बेअर्थ बग्नुको कुनै महत्व छैन । न गन्तब्य भेटिन्छ न उद्देश्य चुमिन्छ ।

तिमी सम्झिन्छौं म मान्छे मात्र मार्छु

युद्धमात्र गर्छु तरबार मात्र उध्याउँछु

बन्दुक मात्र पड्काउँछु

म कहाँ मान्छे मात्र मार् ?............................(लाहुरे फूल)

लाहुरे अथवा सिपाही बनिनु पत्थरमा परिणत हुनु र सम्बेदना बिहिन बनिनु कदापि होइन । ऊभित्र भावनाको अपार कोशि बगेको हुन्छ र सुन्दर कविताको जन्म हुन्छ भन्ने यथार्थ कहन टंक वनेमका कविताहरू काफी छन् ।

सङ्गीनका रक्तबीजहरू राइफल बेनका हुन्

मेसिनगन बनेका हुन् मिसाइल बनेका हुन्

तोप र ट्याङ्क बेनका हुन्...

सङ्गीन हो भोग खान्छ

सङ्गीन हो रगत चाट्छ

सङ्गीनले मच्याउँछ ताण्डब नृत्य

सुनाउँछ सङ्गीनको मूच्र्छना.....................................(सङगीनको मूच्र्छना)

कर्मले लाहुरे बनेका र हाल पेन्सने उमेरका तर भावना र चेतनाले खारिएका कवि टंक वनेम नेपाली कविताको क्षेत्रमा परिचित नाम हो । सङ्गीनको मूच्र्छना उनको तेस्रो कृति रहेको तथ्य प्रकाशित कृतिको लहर स्वयम् बोल्छ । मिथकको हाकपारे गडतीर र डायस्पोरिक चिन्तन गरी दुई खण्डमा विभक्त उनका सैंतालिस थान कवितालाई नोस्टालजिक कविता मात्र भनियो भने अधिकारका लिङगो ठडाउँदै उभिएका कविताहरूको घाटी निर्मम निमोठेको आरोप लाग्ने छ ।

यस कृतिभित्र सुदूर पूर्वको सास्कृतिक परम्परा, मौलिक रीतिरिवाज र स्थानीय मिथक प्रचुर प्रयोग गरी कविले सुन्दर एवम् बहु अर्थपूर्ण कविता सृष्टि गरेका छन् । कवि र कविताको निजत्व बुझ्न कृतिभित्रका विम्बलाई समात्न सकियो भने मात्र कविता पढेको नभई बुझेको ठहरिन्छ । तमोर र फक्ताङ्लुङको सेरोफेरो कविताको सृजनाआधार हो । कवि जहाँ गए पनि उनको मनमस्तिष्क र भावनामा मदनमेला आउँछ, सोल्टिनीहरू भेटिइन्छन् । लुङ्गा र कुङ्बाहरूसित सेवारो गरिन्छ । आफ्नो मातृभाषा मेन्जो बोलिन्छ । यसो हुनाले कृतिमा नश्लीयताका जटिल र गहिरो जरा जताततै झागिएको पाइनु अपनत्वप्रतिको सम्मोहन हो । आदर र सम्मान हो ।

तिमी आफैले रोप्नु पर्छ तिम्रो इतिहासको बिरुवा

तिमी आफैले गोड्नु पर्छ जीवन मरणका कथाहरू

सबैले जानुन् त्यो पर्ति बाझोमा

धेरै गोर्खालीहरूको रगत पसिना भएर बगेको छ............  (पर्ती बाँझो )

कविताको गुादि छिचोल्दै जाादा कृतिको नाउँले समग्र कविताहरूलाई न्याय दिन नसकेको हो कि भन्ने लाग्न सक्छ । सङ्गीन शब्द खतराको पर्यायको रुपमा बढी प्रचलित शब्द हो । यसभित्र अधिकार हनन्, अपनत्व हरण, नीजत्वको खुम्च्याई, नश्लीयवोधका कविताहरू अत्यधिक छन् । र ती खतरनाक स्थितिमा पुर्याईएका छन् जानी बुझी नियोजित । त्यस मानेमा सङ्गीन समयमा खबरदारि गर्न यो कृति सफल छ । युद्धकलासित खेलेका स्रष्टाले त्यसैको अनुभूति काव्यमा उतारेका हुन् कि भन्ने लाग्छ कृतिको शिर्षक हेर्दा । अधिकार युद्धसित बढी सम्बन्धीत तर सिपाही कर्म अर्थात् सैन्ययुद्धसित असम्बन्धित टंक वनेमको यो कृति नेपाली कविता र खासगरि डायस्पोरिक सृजना आकाशको पारिलो घाम हो । मुलुकको आजको दुर्गतिलाई र देश दुख्नुको पीडालाई कविताले कर्याप्प अठ्यााएको छ । यस्तो गहन कृतिको निम्ति कविलाई बधाईका साथै