तेश्रो विश्वको मान्छे म

Author : केदार 'संकेत'
Published on : March 05, 2013


  
केदार 'संकेत'

द्वन्द र सङ्घर्षको

म मिथकीय आवरण

मलाई सधै यसोरीनै पोतीरहनु

उतारीरहनु साँघुरी  क्यानभासमा

मलाई तिमीले जस्तो

टेलिस्कोपले सधैं सधैं अरुको आकास हेर्नु छैन

मलाई मेरै सुख्खा फोक्ल्याँटासँग

संघर्ष गर्नु छ

अर्थ्याउलाउ फेरी

विज्ञान दूषित छ भन्ने दावी पनि त  हैन यो,

 

सोच्छु जीवनको प्रारभ्म

, जीवको विकाश सङ्गै घोत्लिनु यो समय हैन

म तेश्रो विश्वको अविकसित मान्छे

तर पनि खोजीरहेछ प्रथम विश्वले

म बाट गाभो रोपेको हेर्न,

 

मलाई अतिवादीका बथानहरू सँ

सम्वाद गर्नु छैन

मैले त देश सुहाउँदो ब्द खोज्न छ

माटो सुहाउँदो विउ रोज्नु छ

सीमान्तीकृत हाम्रा उपेक्षाहरु खोज्नु छ,

 

अहँ !  अमृतले तिर्खा मार्न नखोज

पानी पानी नै हो

पानी आफ्नै पद्धतिमा बग्दा

ढुङ्गाको चेपबाटपनि यस्ले आफ्नो बाटो बनाउ,

जव यस्लाई छेकिन्छ थुनिन्छ

तर यस्ले अर्कौ बाटो सजिलै रोज्दछ

गन्तब्यको सिरानतिर अविरल हिड्नु छ,

 

हामी हामीबाटनै

सुको जम्मा गर्नु छ

बजेट त अपाङ्ग सरकारको न हो

, , रा चिन्नु छ, चिनाउनु छ

अनि पो सिद्ध होला

तिमीले घोकेको सुत्र

तिमीले रचेको सिद्धान्त,

 

हामी मुर्खहरु

त्रुटिपुर्ण काब्य रचिरहेछौ

तेसो त:

संश्लेषणात्मक पद्धतिका विपरीत

विश्लेषणात्मक पद्धति पनि त हो

हामीले सुको-सुको भेला गरेर

सुर्काहरुलाई गरामा परिणत गर्नु छ,

 

म तेश्रो विश्वको मान्छे

भीरमा नै झुण्डिन सजिलो ठान्छु

पहरामानै फुन्न सोभनीय ठान्छु,

 

तर पनि खोजीरहेछ प्रथम विश्वले

कालन्तर:

-ऊ सधैं लखेटीरहेछ

- म सधैं भागीरहेछु

तर यो नसम्झिनु कि

म हारी रहेछु

यो एक सङ्केत

यो एक अवधारणा, चिन्तन