माघ

Author : हरि गोपाल अधिकारी
Published on : February 01, 2013


  
हरि गोपाल अधिकारी

फेरि यो माघ

दाँत बजाउँदै,शरीर कमाउँदै

च्यातिएका शीरकहरुबाट चिहाउन आयो

उद्रिएका छानाहरुबाट रसाउन आयो

बतानुकुलित यन्त्र जडित महल भित्र

यो खबर हाँसो हुन सक्ला

न्यानो हन्जु किन्न भनि

कुन गरिबले थैली साँचेको हुन्छ र ?

सिला खोजेका पराल र झिरीमिटि दन्काएर

बालेको आगो वरिपरि

सेलाएको खरानी खोस्याउँदै

बित्ने गर्छन कैयौंका रातहरु

अब कुनै दिन रेडियोमा

जाडोका कारण मृत्युहुनेहरुको नाम फलाक्ने छ,

 

तर आजै,

न्यानो कम्बल बाँड़दैनन् कोहि

एक पसरी दाउरा दान गर्दैनन्

पानी परोस, हुरी चलोस्

लू-उठोस् वा शितलहर

प्रकृतिले पनि एउटै वर्ग देख्छ सिध्याउन

अन्तका मान्छेहरु,

 

चन्द्रमामा घडेरी किन्न खोज्दै छन्

उतै घर बनाई बिदाका दिन मनाउन जाने सोच्दै छन्

यहि भू-मण्डलको कुनै एक पाटामा

माघ आउँछ मृत्यु भएर

गरिबीले मर्दै गरेका,

बृद्, अशक्त र केटाकेटिहरु माथि

छानी-छानी प्रहार गर्छ

रातै, बिहानै निरन्तर

कस्ले सुन्ने यी विवश आवाज बिहिनहरुलाई ?

को छ र दिने न्यानो न्याय उनीहरुलाई ?

जस्ले माघ जावस !

आङ्गमा न्यानो आवस्

 

जुलियन, अफगान