गजल

Author : कृष्णकला वनेम
Published on : February 01, 2013


  
कृष्णकला वनेम

बलत्कार हुँदा आज माईतै मैले कुनु पर्यो

स्वभिमानी शिर झुकाई धेरै मैले रुनु पर्यो

 

राक्षस रुपी मानबले कुमारित्व लुटी लाँदा

शाहसिला आँशु बगाई दाग मैले धुनु पर्यो

 

नारीलाई हातपात गरी पुरुस्वत्व ठान्ने हो

तिमीहरुको अन्त्य गर्न आगो मैले छुनु पर्यो

 

अत्यचार शोषण अनि जबरजस्ती भए पछी

नरपिसाचको गला रेट्न काली मैले हुनु पर्यो