दृश्य

Author : बैद्यनाथ उपाध्याय
Published on : February 01, 2013


  
बैद्यनाथ उपाध्याय

मेरै पीडाहरूको

समागमले

प्रगाढ छ यो रात

मेरो वश चल्दथ्यो भने

म सूर्य झूल्काई दिन्थें

त्यो कालो पर्दा जस्तो रात

म च्यातेर मिल्काई दिन्थें,

 

सँधैं

केही छुटीरहेछ

केही जुटीरहेछ

जीवनको क्रम..

मेरो बौद्धिक सीमादेखि पर

केही घटिरहेछ निरन्तर

भौतिक लालसाको विस्तारमा

खुम्चिएको छ आकाश

भोगवादको प्रवल्यले

डगमगाएको छ यो धरती

संकटग्रस्त हिमाल

वन-सम्पदाहरू

निद्राग्रस्तहरूको सपनाको

दैलो चियाई

शरण माँगिरहेछन

थरि थरिका

मानव अत्याचारले

पीडित

नदी-नालाहरू

आफ्नै अस्तित्वको

तलाशमा

काल्लिंदैं बगिरहेछन

अँध्यारो यो कैनवासभित्र

म यो कुन दृश्य

प्रत्यक्ष गरिरहेछु १