बेमौसमी बेकम्मा प्रियतम Author : मोहन गुरूङ Published on : January 25, 2013 |
||||||
पूर्व क्षितिजलाई सूर्यले हल्का रंगाउन नपाउदै बत्तीलाई तुच्छ सम्झने निर्मोही आँखाहरु अवसरवादी हुन अदूरदर्शी नजरहरु किनकी डाँडो पछाडिको खाल्डोमा सूर्य ढलेको बेला कहाँ छ बत्ती खोज्न थाल्छन् तिनै निर्लज्ज आँखाहरु !, मलाई अघात माया गर्छु भनि प्रेमको नौटंकी देखाई सुटुक्क भाग्ने बेमौसमी प्रियतम तिम्रा ति पापी नजरले मेरो खुटृामा रिकेटस लागेको देख्दैमा लंका जलाउने अहंकारको हुंकार नछाडे हुन्छ, दर्दै दर्दले मेरो जिन्दगीको बाँध बाँधी मनको निश्चल निरतालमा रद्धिको रछान खन्याएको दिवा सपना देखेर प्राप्तीको सिरानी अंकमाल गर्दै विश्व विजय गरेको सम्झन्छ्यौ भने कालकोठरीलाई सान्त्वना दिई फर्फराएको मेरो प्रायश्चितको ध्वजा बलिदानीमा कति कदम अगाडि छ भनि तिम्रा ति विश्वासघातका नशाहरु छरपष्टीएका पिपलपाते ओंठहरु कमाउदै देउरालीको पातीलाई नसोध किनकी लत्याएर गलहत्याइएको अतित महामहिम मृगतृष्णा अजिवको वैकाल ताल हो जालिम अजिवको बैकाल ताल, भर्याङ देख्दै लड्ने देखि लिएर धेरै चोटी बिना अक्सिजन सगरमाथा चढ्ने विविध सन्तानहरुको सन्ततीहरु मध्येको एक सन्तान म सामु पर्दा दुई हातको ताली हैन भने भ्याई नभ्याई पालै नपाई तथानाम गाली, छैन मेरो तिमीलाई तिम्रा परोक्ष सत्कार अनि गाली गजौल कोसेढुङ्गामा थाती राखी अलग्गिएको अभेद्धय एक जिउदो कारुणीक मूर्ति म मेरो आˆनै सपना बिपना छ आˆनै प्यारो वस्ती छ यहि वस्ती गाउ बेशीले हात समाई सिकाएथ्यो बैश फुल्ने बनपाखाको नाम लेख्ने बाह्रखरी त्यहि खरी अब मेरो नसुनाइएको कथा लेख्छु डाली-डाली नाँची हिड्ने बनचरीलाई हेर्छु अनि साल, महिना फेर्छु, जब थाल्छ वर्षाउन घुम्टो खोली बादलुले पखेटा फिजाई नाच्ने चरी के थाहा बादलले असिना नि झार्न सक्छ झारे पनि सहि दिन्छे प्वाँख झरे पलाउला गुँडै भत्के लाउला भनि, उनको पिहु आवाज संगै दिनले कायापलट फेर्छ साँझले फेरी जुन डाक्छ त्यहि साँझको क्षितिज मुनी मेरो एउटा सपना बन्छ बेकम्मा प्रियतम। |