अभियान

Author : दिपा एवाई राई
Published on : January 24, 2013


  
दिपा एवाई राई

       उसको रुप देखेर मलाई अलिक नरमाईलो महसुस भई रहेको थियो । उसको झ्यप्लक्क परेको कपालले नास्पती आकार परेको मोहोडालाई पर्दा हाली दिएको थियो ।न्याउरी झै चलाख उसको आखाँ घरी घरी देखिन्थ्यो ।मानौं त्यो अन्धकार रातको जुनकीरी हो ।उसको अग्लो नाकको डाडी पहाड झैं अटल भएर उठेको थियो । अनि त्यो पातलो ओठलाई सेभीङ्ग गरेपछि आएका वरीपरी हल्का दाह्री जुङ्गा मौलाउदै गरेका काला ठुठ्ठाले कुनै पनि आईमाई मान्छेलाई एक किसिमको परिपक्ताको घोषणासँगै कामिङ्ग चढाउन तम्सेका छन् झै देखिएको थियो । त्रमश: म उसको कम बलीयो शरीरलाई मौन भएर एकहोरो एकएक गरी निहाल्दै घोरीएर हेर्न थालेछु । सायद मेरो त्यस्तो किसिमको हेराईको अवस्थालाई कसैले देख्थ्यो भने मलाई पक्कै पनि भन्ने थिए कि "यसले आई सेक्स गर्दैछ"

मेरो सोचाई र हेराई निरन्तर  र उसका प्रत्येक अंगसँग गएर चिरपरिचित भई सल्बलाई रहेका थिए । बाग्लो उसको टि-सट बाहिराको निलो ज्याकेटले उसको शरीरलाई छोपी कसैको कामींगन हेराई परावर्तन गरीरहेको थियो । मेरा चोर आखाँका नजर पहाडका डिलबाट झरे झै उसका कम्बरबाट तलतल र्झै अतालीन्दै जिज्ञासु भए ।यो सन् १९६० को दशकमा पश्चिमेली युवाहरु जविनदेखि नैरास्य भएर काठमाण्डौको झोछेंमा बसेका हिपी झै पो ऊ भएको हो की ! भन्ने भान परर्यो मलाई । जिन्स टाउजर पनि कम्बरदेखि यति तल थियो की उसले लगाएको पुरै जस्तो रातो अन्डरवयर देखिन्थ्यो ।

अब भने मेरो जिज्ञासु आखाँहरु तुरुन्त अन्यत्र प्रकृतीका स्थापीत वातावरणमा गएर ठोक्कीए ।जहाँ थुप्रै थुपै मान्छेहरु किरीङ्गमिरङ्ग रिङ्गमा सलबलाई रहेका र अस्पस्ट आवज आई रहेका थिए । बल्ल पो होस फिरे झै लाग्यो मलाई । म त अभियानसँग  वानचाईको साउथन प्ले ग्राउडको सिटिङ्ग एरीयामा पो थिएछु । ऊ अलिक पर प्ले ग्राउडमा भई रहेको फुटबल हेरी रहेको थियो की बास्केटबल मैले छुट्टाउन सकीन ।

मेरो आखाँ त्यहि प्ले ग्राउडको भित्ते घडीमा गएर अल्झीयो । जहाँ दिनले आरम गर्ने तयारी गर्दै गरेको संकेत छोडी रहेको देखिन्थ्यो । एक किसिमको साझँको सुवासमा रहस्यमय अत्तरको बाग्लो सुगन्ध फैलिएको थियो ।म पनि कता कता उत्तेजित हुंदै थिए तर त्यो कस्तो किसिमको उत्तेजाना हो मैले थाहँ पाउन सकेकी थिईन ।

"अभियान जी ! अब तपाईको योजना के छ ?"

मेरो प्रश्नले उसको ध्यान भङ्ग भएछ र ऊ अलिक चटपटायो । अलिक अप्ठारो कता कता शरम छाएको अनुहार जो अपराधी हो जस्तै गरी मेरो सामुन्नेबाट तर्केर छड्के अवस्थामा अलिक कड्के, छलाईको अकृतीमा बोल्यो ।

"आरती जी ! मान्छेहरु सबैले नै प्रगती चाहन्छन् हैन र ! के त्यसो हो भने मैले पनि सुन्दर सुख र सुविधाको सपना देख्नु गलत हो त ?"

मेरो प्रश्न माथी प्रतिप्रश्न गरेर उभिएको देख्दा अनौठो लाग्यो  । मलाई एक किसिमको असन्तुष्ट मनमा पर्यो ।तर एकै छिनमा आफ्नो सम्पुर्ण आचर्यालाई सयमि बनाएर  पुन: सम्पुर्ण शरीरलाई ऊ तिर र्फाएर उसैलाई हेर्दै भने ।

"हो ! हामी सबैमा स्वतन्त्र सोच्नु र जीउनु पाउने  अधिकार त हाम्रो स्वतन्त्र जन्मले नै सिद्व गरेको छ नि तर तपाई किन यसरी उत्तेजित भएर मसँग प्रति प्रश्न गर्नु हुन्छ यो तपाईले गर्नु भएको प्रश्न स्वयंलाई गर्दा अवश्य  समाधन निक्लेला तर म त तपाईको एउटा मित्र जो असल बन्ने प्रयासले तपाईका आदि जीवनका कुरा सोध्न लागी परेकी छु यो गलत हो भने अरु नै कुरा गरौ न त ।"

हामी दुइ जनाको भेट गएको बर्ष २०११ को अन्त्यतिर सा-तिनको इमिग्रेसनमा भएको थियो । त्यहाँ फोन नम्बर साटासाट गरे यता हाम्रो मित्रता बढेको ६ महिना पुरा पुगेर ७ महिना लागे थियो तर यो पहिलो भेट थियो हाम्रो । त्यहाँ  जसरी मैले गहिरीएर उसलाई हेर्दै  पढदैछु त्यति उसले म माथी ध्यान दिएको छैन की जस्तो लाग्यो किन भने ऊ प्राय: प्ले ग्राउण्डको फुटबल र बास्केटबल र्कोटतिर हेरीरहेको पाउँथे । तर म भने चारैतिर आखाँ दौर्डाई रहेकी थिए  । एकक्षणको मौनता पछि उसले लामो श्वास तान्यो । प्ले ग्राउण्डबाट आखाँ सिधै वान चाई एम टि आर स्टेसन लेखेतिर  कतै त्यतै हुर्राउदै बोल्यो -

"होईन त्यसो होईन अब ११ बर्षछि नेपाल फर्कन्दैछु, विचारले भन्दा पनि बाध्यताले बांकी योजनाको रुपरेखा कसरी र्कोर्दैछन् भन्ने कुरा नबुझेर म नै अल्मलीएको छु ।त्यसो हुदाँ म अरु के भन्न सक्छु र तपाईलाई ?"

यसो भन्दा पनि ऊ शरमले झण्डै भुतुक्कै भए जस्तो तर कता कता व्याङ्गात्मक हासोको शैलीमा प्रश्फुटीत ती उसका वाक्याहरु हावामा खित्काई रहेका भान परयो मलाई ।

उसले मलाई हाम्रो भेटपछि फोन नम्बर साटासाटपछि प्रत्येक रातहरुको फोनर्वातामा भनी सकेको थियो ऊ कसरी यहाँ हङकङमा आईपुग्यो र बस्न बाध्यता भयो भन्ने कुरा । हाम्रो एक अर्काप्रतिको साहनभुती अलिअलि गर्दै नजीकको साथीबाट अब प्रेममा बदलीन्ने र निष्कर्श पुग्ने अवस्थामा थियो ।त्यसैले अब हाम्रो एक अर्कामा भेट हुन अनिवार्य छ भनेर आज हामी यहाँ आएका थियौं ।

धेरै सजिलो देखिन्ने तर अदृश्य र अनगन्ती अप्ठारा कुराहरु थिए -हामी बिच । मेरो पनि नियती ऊ भन्दा फरक थिएन । उसले हिड्न कोरेका उसका आफ्ना सपनाका ती गोरेटा झै मेरा पनि थिए । कसो कसो हाम्रो नियती झण्डै एउटै थियो । छुट्टा छुट्टै परिवेशले कहिले कहि एउटै निर्चोड भएको तथ्यङ्क पेश गर्दो रहेछ । मलाई २०५३ सालमा एस.एल.सि. परीक्षा दिदा ९ वटा  छुट्टा छुट्टै बिषयमा जाचँ देउ र  एस.एल.सि. परीक्षा पास अंक ल्याई उर्तिण हौँ भनी तोकीएको मापदण्ड भित्रको फरक फरक बिषय र समान पास अंकको याद आयो ।अब भने म पनि एक क्षण मुण्टो घोप्टाउन बाध्य भए । मेरो पेन्सील हिल लगाएको खुट्टाको चुच्चा इडीले त्यहाँको सिमेन्टलाई टक टक र्हिकाए । दुबै खुट्टा पर...वर.. .. हल्लाउदै खुट्टाका औलाहरुलाई पीङ्ग खेलाए । यसबेला उसले मलाई हेर्दै थिएछ । कसो आँखा जुझ्यो- हाम्रो र त्यसरी नै अन्जान मुस्कान फुत्कीए एक अर्का प्रति ।

अब के भन्ने होला - निन्द्रमा सपना देख्नु अनि व्युझँदा हराउनु झण्डै अनौठा प्रकृया जस्तै मलाई यो अभियान कस्तो मान्छे होला झै लाग्यो - मनमा ।

ती प्रत्येक रातका फोन र्वातामा यस्ता नैराष्य छाएको कुरा गरेका थिए की भनी सम्झीए तर याद नै आएन । भोली के हुने हो ग्यारेन्टी छैन त्यसैले म त्यो गर्छु चाहिँ भन्दीन नरीसाउनु होला भनी मलाई भनेको मात्र सम्झे र भने -

"हो नी ! हामी मान्छेको जीवन सन्जीव उप्रेतिको घनचक्कर, भद्रगोल जस्तो हुँदो रहेछ कि क्या हो । आज अहिले सेकेण्ड सेकेण्डको बदलामा म पनि हिजो, भरै, भोलीसँग तुलना गर्नै नसक्ने भई सकें । तपाईको कुरा सुन्दा मलाई तपाईका सबै विचारसँग सहमत हौं जस्तो लाग्छ तर तपाईभित्र तपाई एक किसिमको विचारले संक्रमाणीक र्सवपरी भई भूमीका निभाई रहेको पाउदैछु जुन कुरा एउटा विजयी योद्वामा हुन्छ । थहाँ छ युद्व एउटा अनिवार्य हो र योद्वा त्यसको सर्वोपरी तर विजय पराजय भन्दा महा पराजय हुन्छ किन भने विजेता योद्वाले सारा विध्वंशको राजश्री पहिरीएर अशान्तको तलाउमा आजीवन पौडीन्नु पर्ने बाध्यता हुन्छ ।यो एक पक्ष भयो भने अर्को पक्ष पनि त्यत्तिकै ससक्त छ जुन परिर्वतनको नयाँ पनको जीवनसँग सम्बन्धित छ । सायद त्यसैले त एक अर्काप्रति फरकताको जगजाहेर गर्दो रहेछ । हर्नु न हामी नै हिजो देख आज भेट अनि भोली................."

यसपछि कुरा बढाउन चाहिनँ । मैले पनि अभियानले हेर्दै गरेको खेलतिर आँखा झुकाएँ ।रातो टिम दौडन्दै गएर सेतो कालो धर्के टिमको गोल खोसिदियो ।रेफ्रिले मुख सम्म सिटी पुरायो तर सिटी फुकेन सायद नियम अनुरुप उनीहरुले चलाखी गरेर गोल खोसाएको हुनु पर्छ । म त्यति फुटबल नर्हेने अझ खेल्दै नखेल्ने तर बास्केटबलको खेलाडी थिए कुनै जमनामा सायद त्यस्तै २०५६ साल तिर होला  काठमाण्डौ आई आर.आर. कलेज पढदा शंकरदेव कलेजका साथीहरुसँग खेलेकी थिए । शंकरदेव कलेजका प्रांगणमा । उर्छिङ्कले केटाहरु वरपर बसेर कसको छाती कति माथी र कसरी हल्लीए अनि फ्ठिुउ कता फर्के हेर्दै हुटीङ्ग गरेको अल्लरे तर घटीया दिनको सम्झना आयो ।तर यहाँ अहिले भई रहेको खेलमा केटा र केटी मिश्रीत बास्केटबल खेलाई कति रमाईलो र शुद्व । केटीहरु बल खेलाउन निपुर्ण देखिन्छे र केटाहरु बललाई र्कोटभित्र छिराई गोल पार्न ।केटीहरुका हातबाट बास्केटबल साह्रै निपुन तरीकाले नाच्दै उचालीन्दै ध्याप ध्याप जमीनमा बजारीन्दै थियो । त्यो आवजले मलाई एक किसिमको आन्नदको रोमाञ्च तरङ्ग फैलाएको थियो । कुनै ओपेरा प्रेमी ओपेरा हलमा पीन ड्रप र्साईलेन्स बसे झै थिए सुन्य र शान्त.....शान्त ।

"अनि भोली के नी त - "

अभियानको छोटो प्रश्नले म झसङ्गीए ।

यस पल्ट पनि उल्टै म माथी प्रश्न र्तेसाएको देखेर आजीत भए र दिक्क लाग्यो ।तर शान्त मुद्रामा भने-

"त्यहि त ग्यारेन्टी छैन तपाईको भाषामा भन्नु पर्दा मैले पनि ग्यारेन्टी दिन नसक्ने कुरालाई नै त जोड दिनु पर्ने रहेछ ।

यसो भनी म खिस्स हाँसे । त्यसपछि ऊ अलिक फैलीयो र फिस्स हास्यो तर कतै चोटीलो चिज ऊ भित्र पसेको छ र उसको मुटुमा कैँची चलाउँदैछ । चोटहरुमा त्रमशः सिलाई पनि हुँदैछन् । उसको गहिरो बेदना लुकेको त्यो हासोलाई मैले स्वीकार्न सकीन र भने-

"किन पीर गनु हुन्छ - जे होला राम्रैको लागी हुन्छ । सधैँ राम्रो र सकारात्मक सोच राख्नु पर्छ । की कसो - "

यसो भनी सक्दा ऊ निक्कै तगडा भएर हल्लीन्दै हासेको थियो ।

"त्यसो तपाई भन्नु हुन्छ नि तर मैले जीवनमा केही गर्न सकिन । म केही गर्न चाहन्ने मान्छे हुँ तर किन आज यस्तो पत्कर भए भए - ! "

केही गर्न नसक्नुको बोध हुनु नै केही गर्ने निर्णर्यमा एउटा सकारात्मक उदेश्य जन्माउनु हो ।अभियानले विगतका केही महत्वपूर्ण घटना र अनुभव सम्झीयो की क्या हो ! तुरुन्त हावाको झोँकामा नयाँ पालुवा फि्ररर.. हल्लीए झै भएर भन्यो- "थहाँ छ आरती जी ! कुनै दिन म मेरा गाउँलेले मान्नु पर्ने मान्छेको वर्गभित्र पर्थे । यति सम्म की मैले मन्त्रीहरुसँग उठ बस पनि गरेको छु तर ती दिन र त्यस बेलाको अभियान कहाँ आज यहाँ छ -कति डरलाग्दो आश्र्चार्य हैन र - एउटा शरणआर्थी ! "

यो कस्तो मान्छे हो मेरो जिज्ञासहरुको समाधन गर्न त हैन मै माथी कौतुहलपूर्ण अप्ठ्यारा प्रश्न माथी प्रश्न र प्रतिप्रश्न र्तेसाएर भनी नसक्नु रिस हो की क्या हो पो उठाई सक्यो त ! म मनबाट अब चाहिँ चिडीन्दै थिएँ । लोग्ने मान्छेले आईमाई मान्छेसँग प्रश्न थुपारेर समाधन खोजेको मलाई कहिल्यै र पटक्कै मन पर्दैन थियो । बाँ ! यो अभियान त निक्कैको निक्ल्यौ त ! बेसरम कहिको भन्दै मन मनमा गाली गर्न थालको थिए तर पनि नरीसाएको केही नभएको जस्तो हालतमा भने ओ"

"हेर्नुहोस यहाँ यस पृथ्वीमा भएका सबै जीवहरु शरणआर्थी नै हो । तपाई हामी मात्र कहाँ हौं र ! जीवनलाई किन त्यसरी हेर्ने ? यसरी हेरौं न ! कसको यहाँ स्थाई ठाउँ र जीवन छ र ? तपाई नै हैन र ग्यारेण्टी छैन भन्ने अनि ग्यारेन्टी नभए पछि स्थाईको अस्थाईको मान्यता नै कहाँ रह्यो र ? कहिले सम्म नागरीकताको खोजी र अधिकार जारी राख्ने, यो विश्व विभाजीत राष्ट्र जस्तो कुरा मलाई त घरी घरी नाथे मेरो भदा आयसको आँची गर्ने पोटी जस्तो लाग्छ । हुन त हामी आईमाई मान्छे भएर होला यस्तो सोच नजानेर आएको हो की ! तर तपाईहरुनै जान्ने बुझ्ने अझ तपाईको मन्त्रिसँग नै हिमचिम भएको म जाबो एउटा पत्रकारीता पढेर नेपालमा ठूलो महिला पत्रकार बन्ने रहरलाई झुण्ड्याई हत्या गरी यहाँ हङकङमा घरेलु कामदारीबाट शरणआर्थी ! स्थिती र माध्यम फरक भएता पनि नियती एउटै भोगीरहेका हामी बिच के हाम्रा सपनाहरु साच्चै मरी सके त ?  मलाई मर्न भन्दा अगाडि खुट्टा तन्काएको पटक्कै मन परेन ।"

फेरी पनि अलिक भन्दा पनि कही ज्यादै आवेशभित्र आफ्नोपनको महसुस गर्दै मैले अभियानलाई भने-

" ! भन्नु होस् तपाई नै यी हङकङका हङकङेली नेपालीहरु खोई कतै खुशी भएको देख्नु भएको छ ? यता न उत्ता भिरको चिण्डो भने झै छन् । खाली नेपाल सम्झीन्ने नेपालमै लगानी गर्ने यहाँको स्थितीसँग हिमचिम गरेर जरा हालेकै देख्दीनँ, जाबो एउटा नेपाली कलब किन्न नसकेर भन्दा पनि मिल्ल नसकेको कति लाज मर्नु ! हङकङका हङकङेली नेपाली हुनुको अस्तित्वमा के कस्ता स्थिती, मूल्य र मान्यताले प्रमाणीत गर्छ त हङकङमा ? ल भन्नुहोस त ।"

अलिक जङ्गीएछु की क्या हो ऊ चलमलायो ।मुन्टो हल्लाएर झ्याप्ले कपाललाई यत्ताउत्ता बाटा छोड्दै तर्केका गाईगोरु झै पारें ।यस बेलासम्म म एक किसिमको असन्तोशको रोषले तातेर रातो भएको हुनुपर्छ । अझै मेरा कुरा सकीएको थिएन उसले बढो नम्र र मुलायम मुस्कानसहितको शब्दअस्त्र म तीर  प्रहार गर्यो-

" मेरी आरती जी ! तपाईले आज नेपाली हुनुमा नेपालप्रति सम्वेदनशील भएर जुन कुरा गर्नु हुदैछ यस्तो कुरा अलिक गर्नु पो हुन्न की ! किन भने तपाई त्यत्रो ठूला वडा नेपाली महिला पत्रकार बन्ने कुरालाई विचैमा तुहाएर डलरको लोभले कसैको घरमा नोकर बस्न आउनु भो, लौ भैग्यो कार्यकारी समय पुरा भएपछि किन फेरी शरणआर्थीको नाटक ? मैले भन्दा कही ज्यदाँ गम्भिर अपराध तपाईले गर्नु भएको छ जस्तो लाग्यो ।आज आएर हङकङ सरकारले नेपाली घरायसी कामदारलाई पुरै प्रतिबन्ध लगाउनुमा शतप्रतिसत तपाई पो जीम्मेवार हो की ? ....कुरो र कुलो  जता लगे पनि हुन्छ, आरती जी ! यो कुरालाई नलम्ब्याउ बरु अब समाधान खोजौं, सहयोग गरौं एक अर्कामा तर हामी दुइ मात्रले के गर्न सकीन्छ होला ? "

फेरी पनि प्रश्नको डण्डी र्तेसाएर कुराको बिट मार्यो । यस अभियान भन्ने मान्छे अब मैले अलिक मन पराउन छोड्दै थिएं है । अझ सारा दोषीको भर्तीखण्ड मै माथि थुपरेकोले मलाई हुनुमा नहुनु भयो ।

तर कसो आखाँ पर ओभरसिस् चाईन टावरमा गएर ठोक्कीन्दा झसङ्ग भए । दिनलाई रातले छेडी सकेको त्यहि साउथन् प्ले ग्राउडको घडीले बताई रहेको थियो । तर जताततै विजुली बत्ती बलेर झिलीमिली वान चाई धपक्क बलेको देखियो । अग्ला अग्ला र बलीया बिल्डीङ्गहरु कुनै सिक्स पेक्क शरीर भएका पुरुष झै अर्धनग्न भएर अभिमानसँग उभिएका थिए ।फेरी पनि रहस्यमय अत्तरको बास्ना चारैतिरबाट बहकी रहेको आभास भयो । टूयुब ड्रेसमा महिलाहरु कुनै भद्दा टाईसुट लगाएका पुरुषसँग हातमा हात मिलाई विस्तारै हिडेका देखिन्दै थिए । त्यस बेलासम्मका सारा दृश्यले मलाई अलिक सेलाएछ भनौं न । अनि भने-

"खोई बुद्ध बन्न सकीएन । तर लोभ माया मोह नै त जीवन बाँच्नुको आधर हो होईन र ? "

यसो भन्दा मैले सम्झे कुनैबेला हाम्रा रातभरी फोन र्वाता हुँदा अभियानले भनेका उसकी श्रीमती ऊ यता हङकङ आएपछि छोरा र छोरीलाई माईतीमा छाडेर अरब गएको र त्यसपछि उनिप्रति मायाँ कम हुँदै आएको तर ऊ भने त्यतिका दिनसम्म घर फर्कन्न नसक्नु केही अरु बर्ष काम गरेर ऋण तीरी सक्ने आशा रहेको भन्थ्यो ।आशाले मान्छेलाई जीवनमा धेरै भरोसाको सपना दिंदो रहेछ । त्यसैले मान्छे आशावादी हुनुपर्छ भनी मैले पनि भन्ने गर्छु ।

अब भने ऊ  अलिक तल धरातलमा ओर्लियो की क्या हो । शान्त मुद्रमा गम्भीर भएर मुन्टो भुइतिर झुकायो ।दुबै हत्केलाका ��"ंलाहरुलाई एक अर्काका कापकापमा पुराएर बाँध्यो । अब उसले कुनै मनका कुरालाई लुकाउन खोजेको हुनुपर्छ ।एक किसिमले हाम्रो पौराणीक कथामा मेल खाने कुनै तपस्विको तपस्य भङ्ग गर्ने प्रयत्नमा इन्द्रले अप्सरालाई तपसी कहाँ पठाएको तपसीलाई अन्तरआत्माबाट ज्ञान भएको छ र ऊ तपस्यमा झन लिन भए झै मनोदशामा अभियान एकोहोरीयो । मलाई यो क्षण बिल्कुल मन परेन । यो केटा मान्छेहरु कति ससंकीत भावनाको हुँदोरहेछ जस्तो लाग्यो । म सरल स्पष्ट उसँग सजीलै विश्वासका कुराहरु गरी रहेछु तर ऊ भने बढो कनी कनी बोल्छ । प्रत्येक कुरा गराई प्रति ससंकीत भएर नै त प्रति प्रश्न गर्दैछ त मसँग, नभए किन खुलेर बोल्दैन, कहिको शंखे किरा ! यति बेलासम्म ऊ चुप लागेर टाउँको मात्र तलमाथी हल्लाउदै खुट्टाले धपधप.. धपधप.. कुनै ड्रमको म्युजीकमा मस्त थियो सायद त्यस क्षणमा उसले दिपक खरेलले झै..' तिम्रो हर प्रश्नको जवाफ मेरो चिठ्ठिहरुमा खोज्नु...' भन्दै थिए की ! तर मुखबाट "चु " पनि आवाज थिएन । बेतालको मान्छे !

२०११ सालको डिसेम्बर १९ तारीक  मैले उसलाई सा-तीनको इमीग्रेशन ५ तलामा भेट्दा यति राम्रो फरासिलो देखेथे । छोटो आर्मीकट कपाल, सेतो सटमा जिन्स पेन्ट, कपडाको कन्भस जुत्तासँग सानो स्पोटी मेन्स् बेग छड्के भिरेको । सहयोगी र साह्रै मित्रवत कुरा गर्ने पारदर्शी त्यो अभियान आज बिल्कुल झुसुले किरा झै लाग्यो ।लामोलामो कपाल, ससंकीत र कम बोल्ने बारम्बार अपराधी झैं अनुहार लुकाउने, हैन ! के भएछ यो मान्छेलाई ? मैले गम खाए । आश्र्चार्यचकित भावलाई फेरी लुकाउँदै हास्दै भने-

"अभियान जी ! तपाई त बिल्कुल बदलीएको पाए । आज भन्दा ६ महिना देखि मैले बोल्दै आएकी मान्छे तपाई नै हो त ? शंका पो लाग्यो मलाई ।"

"किन र मै हुँ तपाईसँग बोल्ने मान्छे र नाम मेरो अभियान ।तर तपाई यति चाँडै म माथी किन शसंकीत ? "

रामले बरु एक क्षण मन्त्र पढेर मात्र रावण माथी वाण चलाएको थियो होला तर यो अभियान भन्ने मान्छेले तुरुन्त सवालको जवाफसँग सवाल पो र्तेसायो त ! अघिसम्म ऊ माथी राखेको मेरो सोच भित्रको शंका त मै माथी थोपरी दियो । मेरो मन भतभती पोल्यो । दिमाग पनि चिरीक्क चिरीक्क दुख्यो । आखाँ झिमझिम भयो । यो मेरो रिसको चरम अवस्था थियो तर कुन्नी के कारणले म त्यति अव्यवहारीक तरीकाले उसँग रिसाउन सकिनँ । सायद यस्तो हुनुमा मेरो ऊ प्रति ज्यादै लगाव हुनुपर्छ ।

"यो कम बोलाई,  अधिकतम मौनताले तपाईलाई खाएको मैले देख्न सकिन, के भयो भन्नु न ।"

मैले अलिक लाडीएर सोधी दिए जपर्लापर्ला येसै पनि मन मनै मनपराई सकेको मैले उसलाई, के भो र उसँग लाडीन्न नपाउनु त ! मन मनै सोचें ।

"के हुनु र आरती जी ! लोग्ने मान्छे हुनुको अर्थ तपाईलाई के थाहाँ र ! हङकङमा नागरीकताको त्यत्रो वैधानीक अधिकार देखेर म छक्क परेको छु । काशः नेपालमा पनि नागरीक प्रमाण पत्र लिने व्यक्तिको त्यत्रो सुरक्षा, स्वतन्त्र र अधिकार भए ! कुनै बेला मैले पनि प्रगतिको मार्ग बनाउन के पो गरीन ! यहाँ कसैको नाममा दोकान, रेष्टुरा क्लब पो चलाईन की ! मसँगको साथी कहाँ पुगीसके तर म घरको न घाट भई नेपाल फर्कन्दैछु । स्वार्थको हतियार प्रयोग गर्थे भने म सायद यस्तो अवस्थामा हुन्नथे तर त्यसो गर्न मैले सकिन ।

हङकङमा श्रमशक्ति बेचेर बाँच्ने मान्छेहरुको अर्को पर्दा भित्रको अवैधानिक तौरबाट लुटन पछि नपर्ने मान्छेहरुको बारेमा झनै भनी नसक्नु छ । सा-सानो कुरा के उठाउनु र यहाँ एउटा नेपाली अभर पर्दा अर्को नेपालीले नचिन्ने भएर खुचीङ्ग कटीरहेको हुन्छ । अब त दिक्कबाट वाक पनि भए । तर लामो अन्तरालपछि स्वदेश फिर्कन्दैछु ।कसरी त्यहाँ स्थापीत हुनु होला भन्ने भित्री संक्रास फैलिएर केही महिना यता निक्कै भयभित भएको छु । तपाईको योजनाहरु विचारहरुले के भन्छ बरु तपाईले मलाई पनि सुझाव दिनुहोस न ।"

यो उसको मायालु बोली मलाई मन पर्यो ।तर के फुई हाकेको होला, कति नै के के नै गर्ने लोग्ने मान्छे हुँ भन्दा चाहिँ रिस उठ्यो । हैन ! मलाई नै कति रिस उठ्ने - कस्ती अप्ठारी आईमाई हो - म । आफैलाई मनमनै गाली गरे र भने -

"हङकङ विश्व व्यापार केन्द्र भएर होला । धेरै त होईन अलि अलि थाह छ भन्नुपर्ला । तपाईले भनी हाल्नु भो म एउटा अपराधीले अरु के सोचौं र विचार गरौँ होला - सायद केही महिना जति रहुँला ।"

यो मेरो सोधाई थियो उसलाई आउने जीवनको रुपरेखा सँगै कोरौंला भन्ने । तर हाकाहाकी भन्न सकीन, आईमाई जो परें । फेरी उसले के सोच्ला भन्ने डर भयो । सिधै नभने पनि मनमनै कस्ती लबस्तरनी केटालाई पो सोझै प्रश्ताव राख्छे भनी सोच्यो भने त बर्वाद हुन्छु त यसै पनि पोईलाई छाडेकी रे भन्ने तुक मेरो थाप्लोमा गह्रो भएको थियो । त्यसैले म सर्तक भए ।

हुन सक्छ मैले धेरै बोल्न चाहेर पनि बोल्न नसक्नुको दुःखत क्षण मेरो अनुहार वरीपरी बिसुद्व वायुमण्डल झै घुमीरहेको अध्यारा पाटाले झल्काई रहेको थियो होला र उसले गम्भीर र प्रेमभावले मलाई भन्यो-

"मेरो र्निणयहरु मेरै हुन्छन् । यसमा कसैको,  मेरो घरको पनि हस्तक्षेप हुदैन किन भने म एउटै छोरा हुँ । तर तपाईको विचार नबुझी म केही भन्न सक्दीन बरु भन्नुहोस् तपाईको मनमा के छ -"

फेरी पनि अपुरो अधुरो कुरा गरेर यो मान्छेले किन मलाई रिंगाई रहेछ कुन्नी  ?  किन यो मान्छे प्रष्ट बोल्दैन ?  झन्झट लाग्यो । अब मलाई हाम्रो केन्द्रबाट बाहिरा जान निको होला भनी सोचे र भने -

"तपाईको जस्तै मेरो पनि अवस्था छ । मैले पनि विचारले भन्दा पनि बाध्यताहरुले योजनाको रुपरेखा कसरी र्कोदै जान्छन् त्यसरी नै हिड्नु पर्ला भन्ने साहस जुटाउदैछु । त्यसो भन्दा पनि अस्ती बोले, घनश्याम,अम्बीका र लतालाई एकै पल्टमा नेपाल पठाएछन् ।थाहँ पाउनु भयो ?

विचाराहरु ।

मैले सुनेको एउटा धुन्दुकारी जस्तो मान्छे कुन्नी कुन पो हौ हङकङमा संस्था पनि कति छन् कति नामै विर्सेर त्यहाँ कार्यरत निक्कै ठुलै पोष्टमा छ रे त्यो मान्छे,  त्यसैले एक जना बराबर ३/३ लाख रुपैया खाएर हङकङ ल्याई शरणआर्थी दर्ता गराई दिएका थिए रे तीनीहरुलाई । तर यो ६/७ बर्षा उनीहरुले सावाबियज उठाए रे ।"

"अब सबै जान्छन्,  कुनै देशका शरणआर्थी नराख्ने भएका छन् हङकङ सरकार"

यति भनेर अभियान चुप भयो । उहि नेपाल फर्कीन्ने चिन्तामा ।

आफ्नो देश नेपाल र्फकन्न किन हामी नेपालीहरुलाई सिङ्ग उम्रन्ने होला । म अभियानलाई देखेर छक्क परे । कुनै दिन हङकङ बस्ने र कमाउने मेरो पनि ठूलै सपना भएरै घरायसी कामदारबाट शरणआर्थीमा दता भई यहाँ बसे । बस्न त बसे तर यस्तो मेरो व्यवहारले म यति लज्जीत छु । नेपाल विदेशी रोजगार घरायसि कामदार माथी एक किसिमको दाग लगाए । पुरै अविश्वासको प्रतिबन्ध चलाएको छ हङकङ सरकारले नेपाल सरकारमाथी । म मात्र कहाँ हो र यहाँका आईडी होल्डर ? हङकङ स्थाई नागरीक ? जन्मसिद्व अधिकारवाला र निश्चित अवधीसम्म कानुनी तौरबाट बसोबास भएको आधारीत अधिकारवाला र्इष्टीकोटे दलालहरु पनि कम छैनन् नेपालीहरुको नेपाली तत्वलाई बिर्सनेमा । साँच्चै हामी दुईको सोचले मात्र कति असर पर्न सक्ला र ! अब नेपाललै र्फकन लागी सक्यौ । मैले पनि वितृष्णको लामो श्वास फाले । वातावरण असजिलो बनेर आएको सम्झिन मन लागेन । तर मेरो चाहिँ नेपाल गएर प्रेसमा नै काम गर्ने भित्री योजना थियो ।

मलाई अभियानप्रति कता कता झन ठुलो संकोच र शंका पनि जाग्यो । किन कि उसको स्वास्नी विदेश गए यता उसले माया मारेको कुरा गरेको सम्झन्दा एउटी आईमाईलाई हेर्ने उसको दृष्टीमा न्याय भए झै लागेन,  किन हामी विदेश गएर आफ्नो खुट्टामा उभिन नपाउनु ? स्वदेशमै हामी महिलालाई सहि रोजगार दिईन्थ्यो भने को विदेश पलाएन हुन चाहन्छन् होला र ? ऊ पनि त यहाँ हुदैनथे नि !

ऊ यस्ता कुनै कुरा भनी रहन्दा उसको मुटुमा गहिरो वेदना भए जस्तो उसका आवजमा एक किसिमको कम्पन हुन्थ्यो जहा अथाह वेदनाका दु:खाई व्याकुल भएर हावामा तैरीएर गए जस्तो लाग्थ्यो मलाई । आफ्नै मान्छेले उसलाई फसाएको थिएछ ।उबाट ११/१२ लाख लुटेछ ।यहाँ हङकङ आईपुग्दा सबै थहाँ भएर के गर्ने लुटीसके पछि ।

मान्छे कति नराम्रो ! के म त्यहि मान्छे हो ? कस्तो कस्तो मनमा लुटपाट चल्यो भन्नु सकिन ।कसैलाई कसैसँग दाँज्दा कहाँ मिल्छ र ।अभियान प्रतिको शंका र संकोचमा अब साहनाभुती पलाउदै थिएँ ।उसको स्थानमा उभिएर संसार चियाउने प्रत्येन गरें ।अब निक्कै मलिन भएको मेरो शरीर सेलाउदै थिएछ ।अगुल्ठो पानीमा झोस्दा धुवा गए झै शान्त बन्दै थिए । कसो हो निक्कै बेरदेखि उसले मलाई नै हेरी रहेको हुनु पर्छ ।मेरो गहिरो मौनतालाई उसले तुरुन्त भङ्ग गर्यो ।

"अहो ! तपाई त बढो चिन्तीत हुनु भो, मैले त्यस्तो केही अप्ठारो कुरो सोधे झै लागेन किन निक्कै बेरदेखि चुप हुनु हुन्छ ? "

फेरी प्रश्न, उफ ! प्रश्न नै प्रश्न ........बोल्न मन लागेन । म पनि उसकी श्रीमती भन्दा कम होईन । उसकी स्वास्नी अरब पुगेर ऊ वितृष्ण भएको र म यहाँ हङकङमा आएर मेरो लोग्ने मबाट वितृष्ण भएको एउटै लाग्यो ।सम्बन्ध वारपार धेरै टाडाँ सम्म टाँगीएर चुट्टीएका धागा जस्ता हाम्रा नाता बिच फेरी कसरी म अभियानसँग गासिनु ? मेरो मनमा दुबिधाको भुमरी उठेर घुम्यो ।अब धर्यले काम गर केटी भने आफैलाई र ऊ तिर हेरेर म मुस्कुराए । ऊ पनि मुस्कुरायो ।

प्ले ग्राउण्डमा खेलाडीहरुको खेल सकिन्न लागेको छ भन्ने संकेत रेफ्रीले उसको हात माथी उठाएर हत्केलाका औलाहरु नचाउदै दिदै थियो । दशकहरु पातलिन्दै थियो । त्यो सिटिङ्ग एरीया भ्यू दोस्रो ठाउँमा हामी दुइ जोडी मात्र रहेछौँ । कति चाडै समय वितेछ । कुरा गर्न बसे जस्तो तर घर हिड्ने बेला भैसकेछ । त्यस प्ले ग्राउडको घडी काटाले मध्यरात हुन लागेको संकेत देखाउदै थियो । मैले अभियानतिर फर्केर भने-

"जाउं होला अर्को दिन कुरा गरौंला रात निक्कै गई सकेछ ।"

उसले सहज भएर मसँग सहमतिमा उसको ज्यान उठायो । म पनि उठेर लुरुलुरु हिड्न थालें । ओरालो दायाँ बायाँका ती स-साना लिस्नाहरुका छेउ अवस्थीत रेलिङ्गमा हात चिप्लाउदै झरें । एकनास हिडाईहरु बढदै बढ्दै पारी लोक्हाड रोडमा आई पुग्यौं । हामीले वान चाई फेरी  देखि चिम्सा चुइ आउने योजना बनायौं ।

इमिग्रेसन टावरलाई छेडेर हामी वान चाई फेरी आई पुग्यौं र सबवेमा अवस्थीत सरकल केमा सुन्तलाको झोल किनेर पीउंदै पारी चिम सा चुई आई पुग्यौं । पानी जहाज भित्र बिल्डीङ्गको सिनेरी एक अर्कालाई देखाउदै रमायौं ।फेरी चिम सा चुईको स्टार फेरीबाट वान चाईको सिनेरी हेर्न थाल्यौं ।

पारी गोल्डेन बाहुनीय अवस्थीत हङकङ प्रदशर्नी भ्यागुते घर बढो आकर्षक झिलीमिली बलेको थियो ।मानौं त्यो हाम्रो नेपालमा हुने भक्तपुरे बिस्केटजात्राको लिङ्ग उत्थान लिङ्गवेत्थान पर्वको झलक हो । त्यहाँ उठेका सा-साना र  ठुल ठुला हङकङ समुन्द्री तटमा अवस्थित विल्डीङ्गहरुलाई त्यस भ्यागुते घरले निस्तेज पारेको छ भन्ने स्पष्ट देखिन्थ्यो ।यो कला कृती कसैले कोर्नु नपर्ने स्वयं कोरीएको सत्य दर्शन झै लाग्यो मलाई ।मैले अभियानलाई केही भनीनँ ।

अभियान मेरै नजीक मैसँग उभिएको थियो ।हामी जस्ता जोडीहरु त्यहाँ अरु पनि थिए । उसको तातो हातले समुन्द्री हावाद्वारा मेरा अनुहारभरी फैलीरहेका केशरासिलाई पन्साएर कानमा सिउरी दियो । मेरो मनमा रोमाञ्चको तरंग उठ्यो अनि लज्जा पनि । ऊ मौन क्रमश: म माथी बढ्दै थियो । उसको पातलो ओठ नजानी मेरो ओठ उपर नआई पुग्दै मैले मुन्टो बङ्गाए । एक किसिमको शरीरमा ताप बढेर मरकर्थी चडे झै म राती भए ।त्यसैले उसलाई मित्रवत अङ्गालोमा बाधेँ । ऊ धेरै लत्रीएको थियो । त्यो समर्पणको लत्राई हो भन्ने मलाई पूर्ण विश्वास भयो ।

त्यसपछि वातावरण विल्कुल सुन्य भयो । आदर इत्यदि  केही नभए जस्तो लाग्यो । हिज, आज, अहिले, भरै भोली सबै बिर्से जस्तो ।उसको हात्केलाका औलाहरु मेरा हत्केलाका औलाहरुका कापमा निश्चीतसाथ मिली बसेका थिएछन् । त्यो मेरो लागी निक्कै अप्ठारो क्षण बन्यो । विकल्प बोल्नु सिवाय थिएन ।

"ल भन्नु न, अब नेपाल गएर के गर्ने ?"

यसपल्ट मैले प्रश्न गर्दा ऊ आतिएको थिएन न त निरास नै थियो । यस पल्ट उसले म माथि प्रश्न पनि गर्ने छैन जस्तो लाग्यो । मेरो हातलाई उसले पक्री रहेको थियो ।तीनै हातलाई माथि उठाएर हेर्दै भन्यो -

"अब मसँग केही नभए पनि नेपालमा मेरी आमा छिन् ।बाबुले जोडी दिएको खेतबारी छन् ।त्यहाँ टूयुबेल गाड्छु र सब्जी खेति गर्छु ।"

उसले यस्तो भन्दा हामी दुबैको आखाँ स्टार फेरी अवस्थित घण्टा घरमा पुगेर रोकीयो ।जहाँ मध्यरात काटीन्न लागेको संकेत थियो ।

                         ...............

यक्ति भनेर आरति बैनीले मलाई भित्र मेरा साथीहरुसगँ बसौं भनेर इसारा गरी  । मेरो कौतुहल पूर्ण प्रश्न नै प्रश्नभरीएको अनौठो हेराईलाई उनको शान्त तर रहस्यमय मुस्कानले छेापी दियो ।

 

                 समाप्त