बन्द र म

Author : सुमन सुवेदी
Published on : November 06, 2012


  
सुमन सुवेदी

थाहा छैन

आजभोलि मलाई खै के भएको हो ?

हप्तामा १-२ दिन बन्द भएन भने

रातभर जागा रहनु पर्छ

हातखुट्टा गलेर आउँछ

वाक्वाक् लागेर बान्ता होला जस्तो हुन्छ,

 

भोलिपल्ट तुरुन्तै अस्पताल जान्छु

डाक्टर रगत जाँच्छ, पिसाव जाँच्छ,

एक्सरे गर्छ

अहँ ! मरिगए रोग पत्ता लाग्दैन

डाक्टर अन्त्यमा हार खाएर बोल्छ-

यो एउटा राष्ट्रिय रोग हो

तपाईले डर्राई रहनु पर्दैन

पहिले नारा लगाउनुस्, टायर बाल्नुस्

हुदै भएन भने,

तोडफोड र ढुंगा मुढा गर्नुस्

मर्नु भन्दा बौलाउनु निको ।

 

धरान-१७, रेल्वे