छालका पानाहरूमा

Author : दाजु गुरूङ
Published on : November 06, 2012


  
दाजु गुरूङ

सधैं सधैं मैले हिड्ने बाटाहरू

लमतन्न तन्किरहेको निलो समुन्द्रसँग जम्का भेट हुनेगर्छ

अटेरी समुन्द्र निर्धक्क छ

र त निर्धक्क लम्पसार परेर सगर हेरिरहेछ,

 

समुन्द्र, तिम्रो र मेरो सामिप्यता

र यो निरन्तर सहवासको प्रेम-कथा धेरै लामो छैन

न त तिम्रो र मेरो आशक्त्तिताको कुनै इतिहास वनेकोछ

र पनि तिमीलाइ आफूमा समाहित  गरेको छु

अनि तिम्रो छालका पानाहरूमा

हाम्रो मिलनका यादगार रंगीन चित्रहरू छाँयाङ्कन गरेकोछु

र त हरेक दिन

हामी विच एउटा सुखद संसर्ग अनिवार्य बनेकोछ  ,

सधैं सधैं म छालका पानाहरूमा यो सुखद संसर्गको विम्वहरू खोजिरहेछु

खोजिरहेछु, आफ्नै जिन्दगीका उकाली वरालीहरूका कथाहरू 

रोजिरहेछु, छालका पानाहरूमा आफ्नै जिन्दगीका सुसेलीहरू,

 

तिमीलार्इ थाहा छ समुन्द्र

हरेक दिनका मेरा यात्राहरूका शुभारम्भ 

तिम्रै चिसा वालुवाहरूमा

पाईलाहरूका अक्षत नक्साहरूबाट हुन्छ

र त तिमीसँगको सामिप्यताको उष्णता

असिम सहवासको स्वणिर्म रसानुभूति वर्षौ जस्तो लाग्छ

किन की समुन्द्र

तिम्रो फैलावटमा

तिम्रो उचाईमा

अनि तिम्रो गहिराईमा

मेरो हिमाल सधैंको सांक्षी छ

कोशी, गण्डकी कर्णाली पनि सांक्षी छ

सांक्षी छन मेरा काली -गंङ्गाहरू

र त  तिमी भित्र मेरो गङ्गाहरू खोजिरहेछु

मैले तिमीमा मेरा गङ्गाहरू भेटिरहेछु  

किन की म भित्र पनि आशाहरू जीवितछन्  

तृष्णाहरू जीवित छन्

र त तिमी भए पनि म मेरो सगरमाथा  खोजिरेछु,

किन की मेरो हिमालले तृष्णा मेट्छ

तिम्रो सागरले गला बिंच्छ

र त तिम्रो किनारमा उभिएर म  

छालका पानाहरूमा हिमाल खेाजिरहेछु,

 

थाह छ मलाई समुन्द्र,  

सदियौ देखिको इतिहास तिमीले देखेकिछ्यौ

सबै सबै इतिहासहरू छालका पानाहरूमा लपेटेकिछ्यौ 

छालको एउटा खुल्ला दस्तावेज वनाएकीछ्यौ 

र त हरेक क्षणका हावाको झोंकाहरूसँग

छालका पानाहरू परिवर्तित भैइरहेछ

समयका कथाहरूलाई समाहित गर्दै गर्दै

यो पनि सबैलाई थाँहा छ समुन्द्र  

छालका पानाहरूमा इतिहास लेखिएका हुन्छन् 

छालका पानाहरू इतिहासको भूतै भूतैले भरिएका हुन्छन्

र कहाली लाग्दो मसानहरूले गँाजिएका हुन्छन्

तर म तिम्रो छालका पानाहरूमा

तिमीसँगको अतृप्त सहवासमा 

दैनिकीको उष्ण सामिप्यतामा 

इतिहासको सौदावाजी गरिरहेको छैन 

वरु नयां इतिहासको शुरुवात गरिरहेछु   

म त तिमीमा वर्तमान मागिरहेछु,  

भविष्य खोजिरहेछु      

किन कि तिम्रो फैलावटमा 

उचाइमा 

अनि गहिराईमा

मेरो हिमालको सांक्षी खेाजिरहेछु

मेरो वुद्धको वुद्धत्वको महाज्योति तिमीमा खोजिरहेछु 

अनि सिङ्गो म हुनुको अर्थ खोजिरहेछु