म हनुमान

Author : टोप बहादुर राई
Published on : October 10, 2012


  
टोप बहादुर राई

त्यो तिम्रो रामायणको लंका राज्य जलाउने

एउटा देखावटी हनुमान झैं भएको छु आज म

के दोस थियो र मेरो -

त्यो गाउँका बस्ति र शहरहरु जल्नुमा

के प्रतिशोध थियो र मेरो -

ति सृष्टि रच्न पलाएकी आमाका नाङ्गा शरीर

निष्प्राण भई कालो सडक माथी जल्नुमा,

 

मैले त लुटिएका जवानीहरु सिउँन

चेतनाका हतियार उध्याउँदै थिए

मैले त आफ्ना भुटिएका भाग्यहरु फिर्ता पाउँन

अधिकारका ढोकाहरु ढकढक्याउँदै थिए,

 

तर, तर तिमी र तिमीहरु जस्तै रावणहरुले

मेरो पुच्छरमा आगो सल्काएर छाडे पछि

मेरा अंग-अंगका प्रत्येक रौंहरु सँगै

त्रि्रा ति बस्तिहरु जल्दा खेरी

दोसी म या तिमी भयौ -

 

अझ मेरा चित्कारहरु सँगै

त्रि्रा अटृाहासहरु फटि्करहँदा सडकमा

मलाई अरु जल्न मन पर्यो

जलेर आफै तिमी र त्रि्रा बस्तिहरुलाई

अरु जलाउँन मन पर्यो

शदियौं देखि मेरा स्वतन्त्रताहरुलाई लुट्न

मेरा हात पाउँमा बाँधिएका फलामे साङलाहरुलाई तोडेर

त्रि्रा चिहानहरु खन्न मन पर्यो

तिमी र त्रि्रा ति संकुचित विचारहरुलाई

मेरो जाती माथि हेयको दृष्टिले हर्ेर्ने

त्रि्रा ति गिद्धे नजरहरुलाई

एउटै खाल्डो भित्र गाडेर

एउटा छुट्टै इतिहास रच्न मन पर्यो

तिमी र तिमीहरु जस्तै पगरी गुथ्ने खुइले ढेडुहरुलाई

म र महरु जस्तै गरिखाने हनुमानको आज

एउटा छुटै परिचय दिन मन पर्यो ।