शहर

Author : दाजु गुरूङ
Published on : October 10, 2012


  
दाजु गुरूङ

शहर न तिमी जस्तो छ

न म जस्तो छ

तिमीलाई कसरी भनु,  शहर कस्तो छ,

 

बैसले उन्मुक्त कुनै षोडसी

टपमा नुहाउनु वसे जस्तो छ शहर

लालाटमा वर्षेको पानीका वुँदहरू

उन्नत अवयहरूलाई घात गर्दै

नाभिस्थलबाट जलासयमा समाहित हुदा

अलि कति लाजले

अलि कति चिसोपनले

खुम्चिदै चिसिदै बैसालु अवयहरूमा वादलका घुम्टो तानेर

हावा सँग आखा मिचौली खेलिरहेछ शहर

निलो तलाऊको किस्ती माथि

बाटाहरूको जाली रुमालले यौवन ढाकेर

कुनै परी जल-क्रिडामा बसेको जस्तो छ शहर

र त शहरको उन्मुक्त अदाकारितामा र वैभवतामा

बैसहरू शहर हानिएकाछन्

षोडसी शहरको मादकतामा,  मायवी जालमा

धेरै सपनाहरू शहर भासिएकाछन्

अन्त्यहिन जाली रुमाले बाटाहरूमा

मान्छेहरू शहर पस्ने बाटा खोजिरहेछ

दिगभ्रमित वनाउने भ्रमित बाटाहरू

वैंस वोकेर हिडेका पाइतलाहरू सुल सुलती निलरिहेछ

तर मौन छ,  मायवी शहर आफनै मायवी जालमा मस्त छ,

 

ठूलो पहाडको चट्टानको फेदिमा

समयानुकुल रङ्ग वदलेर

अजङ्गको अजिङ्गर लम्पसार परेर वसे जस्तो छ शहर

निरीह चल्लोहरूलाई वाँजले उडाए जस्तै

अनगिन्ती सपनाहरूलाई उडाइ दिने शिकारी वाज जस्तो छ शहर

अहोरात्र जाग्रम रहेर

धुरीमा वसी ऐठन गर्ने हुचिल जस्तो छ शहर

बाटाहरूको चक्रव्यूहमा अल्झिएर

आफैले आफूलाई हराउने दिने

माझीहरूको महाजाल जस्तो छ शहर

र त यो जालै जालकोशहरमा

कोहि शहर खोज्दा खोज्दै हराएका छन्

कोहि वाटाहरू खोज्दा खोज्दै हराएकाछन्

कोहि सपना वुन्दा वुन्दै हराएकाछन्

कतै हराउने र खोज्नेको सँगम हो कि शहर ।

कोहि हराइरहेछ, कोहि खोजीरहेछ

तर मौन छ,,  शहर हराउने र खोज्नेको तमसा मस्त छ,

 

कोरली पोथी

अण्डा कोरलेर वसेको जस्तो छ शहर

ढुङ्गा गोडेर

कंक्रिट फलाउने तातो भट्टी जस्तो छ शहर

वेमौसमी फसल फल्ने

फसलै फसलको पसल जस्तो छ शहर

हरेक वस्तुको विनियम दर तोक्ने

मूल्य र मान्यताहरू तराजुमा जोख्ने

खुल्ला र थोकमा बिक्री गर्ने बजार जस्तो छ शहर

र त मूल्य र मान्यताहरू वोल कवोलमा

सपनाहरू उधारोमा,  इच्छाहरू वन्दकीमा छन्

सवै सवै र्ससतमा उनिएकोछन्,  

शहर न वोल्छ न हास्छ

न कसैको वास्ता छ,  न कसैले वास्ता गर्छ

यो वे-वास्ताको र मनहिनताको

ढुङ्ग ढुङ्गती गनाउने मूर्दाहरूको वस्ति जस्तो छ शहर

अनि झिसमिसमा ऋण उठाउन हिडेको हर्के साहु जस्तो छ शहर,

 

यसैले त -

शहर न तिमी जस्तो छ

न म जस्तो छ

कसरी भनु शहर को जस्तो छ ।