आँसुजस्तै छ युद्ध

Author : काङमाङ नरेश
Published on : September 14, 2012


  
काङमाङ नरेश

उनको आँखाबाट बगिरहेको

आँसुको नदी पुछिदिँदै

भावुक भएर म झोला टिप्छु

उनी भक्कानिँदै आफ्ना दुई हातले

बेस्सरी मेरो कम्मर कस्छिन् !

 

निकै बाँकी छ उज्जालो हुन

मस्त निदाइरहेको छ छोरो

बत्तीमा झुम्मिइरहेका छन् कीराहरु

ठोक्किँदै त्यही बत्तीमा

कोही घाइते भएर खुट्टा तन्काउँदै छन्

कतिपय त मरिसकेका छन् !

 

केही थोपा उनका आँसुका

तप्कन्छन् मेरा बुटमाथि

टल्कछन् बत्तीको प्रकाशमा

म आँखा चिम्म गर्छु

र केही बेर पछि

उघारेर बुट हेर्छु

बुटबाट बगेर आँसु

कार्पेटमा बिलाइसकेको छ

म सोच्छु-

हामी सिपाहीको जिन्दगी

आँसुजस्तै त छ !

 

ँतपाईं नजानुस् लडाइँमा

फर्कौं हामी हामै्र देश

ँत्यसो नभन देसिया,

मैले युनियन ज्याक छोएर

दुई-दुई ठाउँमा कसम खाएको छु

म कसरी भन्न सक्छु-

अफगानिस्तान जान्न भनेर...

लडाइँमा जानु मेरो कर्तव्य हो

अनायास फुत्कन्छ आडम्बर !

 

सम्झन्छु- वृद्ध बाउआमा

हेर्छु- सुतिरहेको छोरो

रोइरहेकी मायालु

उफ् १

कसरी मान्छ मन

यस्तो बेला लडाइँमा जान... !

 

कार्पेटमाथि रास लागेको छ

मरेका कीराहरूको

गुञ्जन थाल्छ कानमा

आवाजविहीन सङ्गीत

आँखाबाट अविरल नदी बगाउँदै

आफ्ना थर्थराएका हातले

फूलका माला लगाइदिँदै

उनी भन्छिन्-

जस्तो जाँदै हुनुहुन्छ

त्यस्तै फर्किनू लडाइँबाट ! 

 

लाग्छ-

थुप्रै छन् भन्नुपर्ने कुराहरु

तर निस्कँदैन शब्द

फुट्दैन बोली

निस्कन्छु क्वाटरबाहिर

, ड्याम्म... गर्छु

विदाइको ढोका ! 
 

 

सन् २०११ मा वेलायतको १०० युवा कविहरुमा पर्न सफल कविता, अंग्रजीमा अनुवाद गरिएको छ