बुबाको सम्झनामा दुई शब्द

Author : बल्लभ रोका 'बल'
Published on : August 28, 2012


  
बल्लभ रोका 'बल'

आफ्नो जीवन अन्धकार भएनी

उज्यालोको प्रत्याभुति गराउन

जस्तो सुकै कठिन यात्रा भएनी

जटिलता र अवरोध हटाउन

संकोच नमान्ने पुजनीय पिताको

अदम्य साहस र बलिदानलाई

सलाम छ,

 

जसको कारण मेरो जीवन

चम्किरहेछ चाँद वनि

धड़कि रहेंछ धड़कन वनि

नसा नसामा रगत वनि

मस्तिस्कमा तरंग वनि

उनको यस महान कार्यलाई

सलाम छ,

 

दरिला काध

ताकतिला हात

अनि अविस्मरणिय साथ

जसले गर्दा संसारलाई हेर्न  समर्थ छु

उनको यस सामर्थ्यलाई

सलाम छ,

 

त्यसैले, जस्तो अवस्थामा भएनी

एक मुठि सास रहुन्जेल

अन्तिम पाईला चलुन्जेल

हात रहुन्जेल

मुटु धड्किउन्जेल

चेत रहुन्जेल

उनको  वलिदान र कर्तव्यनिष्ठालाई

सलाम छ ।