गीत

Author : मनु लोहोरुङ
Published on : July 22, 2012


  
मनु लोहोरुङ

भो मसंग अचेल नदीको कुरै नगर

बाँच्न सिक्दैछु म यहाँ भई बगर,

 

पानी जस्तै यो जिन्दगी सलल कहाँ बग्छ ?

मान्छे भई जिउँदा घुम्ती काट्नु पर्दो रैछ

आँशु-हाँसो संगै बोकी घुम्ती पार गर्छु

मनै घोटी मनको घाउ आफै निको पार्छु,

 

भुँइकुहिरो झैँ डाँडा खोला हुँदै उक्ली जाउँला

बिहानीको लाली जस्तै, एकदिन शिखर छाउँला

मनको लट्ठी भन्दा दरो, के हुन्छ र अरु

आफ्नै मन टेकी आकाश भेटि दिन्छु बरु,

 

भो मसंग अचेल नदीको कुरै नगर

बाँच्न सिक्दैछु म, यहाँ भइ बगर ।

 

 

सितलपाटी-६ संखुवासभा

हाल न्युयोर्क