'म रोएको रात'

Author : संचय राई
Published on : July 22, 2012


  
संचय राई

म रोएको रात

तिम्रो जोवन उम्ल्यो होला

हजारौको भिड माझ

तिमी रानी बन्यौ होला

मेरो चिन्ता के लिन्थ्यौ र

भब्य-महलको बिलासी-

जिन्दगी पाउँदा

चोखो,श्रदालु मायाको

स्मरण के हुन्थ्यो होला

आधुनिकताको लाली छाउँदा....

कठ्याङ्ग्रिने जाडोमा

आफू जलेर कसैलाई

न्यानो बनाउने म

खरानी भएको

आभाष सम्म पाउँन सकिनँ

निस्वार्थ प्रेममा पग्लिएको म

पानी बनेर सोसिने ठाउँ

खोज्दै हिंड्नु पर्ने भएछ....

कहिले सोचिनँ

सङ्लो पानीमा पनि

वालुवा बगिरहेको हुँदोरहेछ

धमिलो दृष्टिले

कहाँ किटानी जाहेर गर्छ र...

चौबाटोमा फलेको फल रहेछु

अपक्व मै सकिएको भेउ भएन  

सधैं तिमीलाई जिताउन

मैले हारेकै हुँ

आज पनि हारेकै छुँ

कालान्तरसम्म हार्ने नै छु

कमज़ोर थिए छु र हुनेछु पनि

केवल तिमी नै हौ मेरो कमजोरी

दुर्बल भए तापनि मेरो आत्मा

कृतिम उमंगी-मुहार

लिएर दूर जादैछु

तिम्रो शहर देखी दूर

जहाँ ठडिएको तिम्रो

आलिशान-महल देख्न नसकुँ

तिम्रो स्नेही-सुगन्ध

महसुस पाउँन नसकुँ

त्यो मधुर-क्षण,तिम्रो उपहार

लिएर रुँदै-जाँदैछु अँधेरी रातमा

बेसहारा भईगए पनि

आफ्नै छाँयालाई मित्र सम्झेर

अन्तर्मनका प्रश्नहरु पोख्दैजाँदा 

रुझेछु आफ्नै आसुँमा..... ।