सुरक्षित युग

Author : मनु लोहोरुङ
Published on : June 14, 2012


  
मनु लोहोरुङ

हिजोको रात त्यसै बित्यो

आजको बिहान अझै धुमिलो घाम छ,

 

सुन्दरता देख्ने अभिलाशामा

कुरुपतासँग 'म' मान्छे

कोलाहलभरी रात बिताएँ,

 

घर जलेको खरानीमा

युग नागेर फेरि इतिहास कोर्दैछ,

 

तर म मान्छे हरेश खाँदिन,

 

उही इतिहासबाट हराई रहेका मान्छे भेट्न र भेटाउन

कुरूपताहरूभित्र मानवताका स्वरुपहरू

खोप्न म तल्लिन छु,

 

म भन्छु, कमिलाको हूलमा संयमता देख्नु पर्छ

र उनको खुट्टामा देश भेट्नु पर्छ,

 

मनोविज्ञान र स्वआत्मले नदेखेको

यो सुदुर धरती अलिकति फैलिएर

आईन्स्टाइनको प्रयोगशाला बन्दैछ,

 

जो यो विछिप्त घामको पल्लो छेउमा

अनुमान र अनुभूतिको

एउटा सुन्दर समायोजनको

सचित्र युग सुरक्षित छ ।

 

 

सितलपाटी-, संखुवासभा

हाल, न्युयोर्क