एका देशमा

Author : दाजु गुरूङ
Published on : May 12, 2012


  
दाजु गुरूङ

एकादेशमा एकदिन सवेरै

एउटा विशाल जुलुस

बाघद्वारबाट भित्र छिरेको थियो

जुलुस नौलो थियो

सायद यति ठ्लो पहिलो थियो

र त देख्ने सुन्नेहरू टिप्पणीहरू उठाउदै थिए-

यो घर बनाउने श्रमजीविहरूको ताती हो

अब हाम्रो गाँमघरले नयाँ काँचुली फेर्रे भो,

-यिनीहरू असार पन्ध्रका खेतालाहरू हुन्

अब हाम्रो गाँमघरबाट अनिकाल भाग्ने भो,

-यो मौरीहरूको जमात हो

अब गाँमघर मधुशाला बन्ने भो,

जुलुस देखेर, टिप्पणीहरू सुनेर

दर्शक दिर्घामा उभिएका अनुहारहरूमा

एउटा नौलो आशाको जुन छाएको थियो,

जुलुसले नेटो नकाटेसम्म थप्पडी बजिरहेको थियो,

 

जुलुस स्वशासित थियो

सहभागीहरू पनि शुसज्जित थिए

र त सवैले आशा पालेका थिए

जुलुस तीर बनेर बढ्ने छ,

तर, कुनै अजङ्गको अजिङ्गरसँग जम्का भेट भए झै,

कतै विद्युतीय झड्का लागे झै

जुलुस बिच बाटामा भेडा बाख्राहरू झै हर्किएका थियो,

बिस्कुन झै पोखिएका थियो,

यसरी हर्किएको जुलुस,

यसरी पोखिएको जुलुस

विभाजित हुँदै गए, नयाँ नयाँ जमातहरूमा

रुपान्तित हुदै गए,  नयाँ नयाँ रङ्गहरूमा

कुनै ठ्लो चक्रव्यूहूमा फसेर विभ्रान्त भएको हुस्सु पथिक झै

र विभाजित जमातहरूमा,  विभाजित मनहरूमा

विस्तारै विस्तारै जुलुसका आवजहरू हराउन थाल्यो

प्ले कार्डहरू भाँचिन थाल्यो

अनि कहिले नसुनिएका दोहोरीमा गाईजात्रा सुरु भयो,

यो केही समय पछिको घटना थियो,

देख्ने सुन्नेहरूले फेरि टिप्पणीहरू उठाएका थिए

जुलुस हो, धेरै मनहरू हुन्छन्

सल्लाह पनि हल्ला हुन्छ

यो बेला धेरै टिप्पणीहरू सुनिएनन्

किन की दर्शक दिर्धाका अनुहारहरूमा

मध्यान्नको घाम चड्दै थियो

तर पनि दर्शक दिर्घा शान्तै थिए

गाँमघर पनि शान्तै थियो,

 

दर्शक दिर्धामा विस्तारै रात छिपिदै थियो

किन की जुलुस हराएको थियो

थप्पडी वजाउने हातहरू लत्रिन थालेको थियो

मन भरि आगो बोकेको पाइलाहरू

यत्रतत्र लागिरहेको बेला ठ्लो हल्ला आएको थियो

 -जुलुसेहरू मल्ल युद्धमा मस्तछन् रे

कोही काखी वजाउछन् रे कोही कुम्भकर्ण भा'छन् रे

-जुलुसेहरू जस्केलाबाट गाँमघर तिर छिरेकाछन् रे

कोही फिता बोकेर गाँमघरमा किंला ठोक्दैछन रे, कोही अनुहार चोर्छन रे,

भरखरै अर्को हल्ला आएको थियो

-जुलुसेहरूले गाँमभरको नक्सा च्यात्तै छन् रे

अंश मुद्दामा तारेख खेप्दैछन् रे

जुलुसे हल्लाले रित्तिगएको दशर्क दिर्घा विस्तारै भरिन थाल्यो

उभिएका अनुहारमा अव आशा थिएन,  आगो वलेको थियो

थप्पडी वजाउने हातहरू मुट्ठि कसिदै थियो

ह्वार्र ह्वार्ती आगो ओकल्दै थिए-

-मौरी भनेको अगस्ति सलह रहेछन्

वोट विरुवा त के पानी पनि बाँकी राखेनन्

-भाइको अनुहारमा बिभिषणहरू

आफ्नै घर भत्काउन छिमेकी गुर्हाछन्

अलिकपरबाट कोही भन्दै थिए-

व्वाँसाहरू यहि वाटो त फर्कलान

ढाँड नसेकि छाडिन्न

एकादेशमा एकदिन सवेरै एउटा जुलुस

बाघद्वार छिरेको थियो.....

सन्नेलाई सुनको माला,  भन्नेलाई फूलको माला..... ।