गुरु

Author : दिपेश लामा
Published on : April 19, 2012


  
दिपेश लामा

बर्णमालाको त्यो उच्चारण

यो संगीतको पहिलो धुन

सा रे ग म प

अन्धकार अन्धकार जीवनमा

आशाको एउटा किरण

अन्धकार अन्धकार जीवनमा

उदाउने उज्यालो किरण,

 

तोते बोलीले साहारा खोज्दा

जीवन थियो अनुकरण

कालोपाटीमा अल्मलिएर कतै

खोजी रहन्थे नाम

शिक्षाको ज्योती दियोलो जस्तै

सल्काई दिने त्यो मन

बुझाई दिने चोखो पन

बर्णमाला...........................,

 

चढाउछु मेरा यि संगीत

भावनाले यो

मनका भाव गीत बनी

गुन्गुनाउदै छु म

सरगम पनि झुकेछ आज

लिनलाई सरण

छुनलाई ती चरण ।