समयका डोबहरू Author : बैद्यनाथ उपाध्याय Published on : April 14, 2012 |
||||||
अनुहारभरि कुँदिएका छन् समयका डोबहरू- पीडाका भूगोलहरूमा पहाडको दुर्गम उँचाई लम्कँदैंछ मेरो समय, इच्छाहरूको पहिरो लागेर थिचिएकाछन् मेरा खुसीहरू नदी नाला र खहरेहरूमा विराग अलापदै बगिरहेका छन धेरै चाहनाहरू, अतृप्त, असंगत भावनाहरूको भूमरी चलेको यो अपांग क्षणमा तिम्रो अनुहारभरि दौडिएका उदासीका धर्साहरूमा विचलित छन एकाएक मेरा कयौं चाहनाहरू ! कालको बैशाखी उभिएर नियालिरहेछु निस्पृह, निर्लिप्त दोबाटोमा उभ्याइएको निर्जीव सालिग सरह।। |