‘ओ मेरा प्रिय प्रेमिकाहरू...!!’

Author : केदार 'संकेत'
Published on : February 13, 2012


  
केदार 'संकेत'

ओ मेरा प्रिय प्रेमिकाहरू... !!

तिमीलाई

तिम्ले मान्ने गरेको प्रेम दिवसमा के दिऊ ?

गुलाफका फुलै फूलहरू या चुम्बनका अनगिन्ति रसहरू

याँ कोदाको कपनी र धानको बाला

याँ सिँगारी दिऊ महँगा-महँगा किम्मतीका दानाहरूले

भन तिमीलाई के दिऊ ?

 

मेरो मथिङ्गललाई था

तिम्लाई ब्र्यान्डेडकै थोक मनपर्छ आजभोली

जस्तैस् लूइस भुइटन, गुची याँ स्याँनल

या अ? कुनै ब्र्यान्डेड मेडहरू..!!

तर मेरा  प्रिय प्रिमिअर प्रेमीहरू हो

तिम्रा चाहनाका आँखाहरूमा

तिम्रा जमानाको यो प्रेम दिवस

उदाससीनतामा फूल्ने प्रेम फूलहरू जस्तै भए !!!

 

जुन सौन्दर्यको भट्टिमा

क्षणभर्मानै ओइली झर्छ र झर्यो र मर्छ पनि

ती उच्च-भौतिक आस्थाका मनमा

मेरो दरिद्र हैसिएतले दिएन सम्हाल्न

र जीवनभर नसकुला  पनि तार्न

म ती सुदुर असफल सम्झनामा

यस्तै यस्तै योगफल नभेटिने कविता कोरी रहनेछु !!!

 

भन तिमीलाई के दिऊ अरू ?

एक अंखोरा कन्चन पानी या

एक कप क्याँफे ल्याँटे ?

 

(मलाई थाहा छ

तिमीलाई क्याफे ल्याटे नै मन पर्छ)

 

तिम्रै सहर भित्र

सहरकै थोक  मनपर्छ आजभोली तिमीलाई

बेकरी केक याँ अ? कुनै महँगा कार्ड

त्यो पनित मेरो खल्तीको हैसिएतले दिएन खरिद  गर्न

 

ओ मेरा प्रिय प्रेमिकाहरू..!!

तिम्रा जमानाको यो प्रेम दिवस

मेरो लागि मन्दिरमा चढाएका फूलहरू जस्तै भए

जुन क्षणभरमा नै ओइली झर्छ, झर्यो, र झर्छन् पनि

भन तिमीलाई के दिऊ ?

एक टुक्रो कोदाको रोटि याँ

ब्ल्याक फरेस्ट केक ?

 

(मलाई थाहा छ

तिमीलाई ब्याक फरेस्ट केकनै मन पर्छ)

 

बरू तिमीले

दिल्मा उम्रेको एकतोला मन मागेको भए त हुन्थ्यो

झिकी दिन्थे हुँला तुनो फुकालेर

तर तिमीले मुटु नै मागेऊ

तिम्रो कसम मलाई

मुटु कलेजो दिन्छु भन्ने मान्छे मनै पर्दैन

म वास्तविक भन्दा पारिको सीमाना कप्न नसक्ने मान्छे

अर्को अर्थमा

माया स्पर्श मात्रको झोक्का पनित हैन

 

भन तिमीलाई के दिऊ ?

फेवा तालको जस्तै विशाल मन या

रानी पोखरीको जस्तै दूषित पानी मन ?

ओ मेरा प्रिय प्रेमिकाहरू ..!!

तिमीलाई

तिम्ले मान्ने गरेको प्रेम दिवसमा के दिऊ ?

गुलाफका फुलै फूलहरू या चुम्बनका अनगिन्ति रशहरू

या कोदाको कपनी र धानको बाला

या सिँगारी दिऊ महँगा-महँगा किम्मतीका दानाहरूले

भन तिमीलाई के दिऊ ?

 

मेरो मथिङ्गललाई था

तिम्लाई ब्र्यान्डेडकै थोक मनपर्छ आजभोली

जस्तै: लूइस भुइटन, गुची या स्याँनल

या अरू कुनै ब्र्यान्डेड मेडहरू..!!

 

तर मेरा  प्रिय प्रिमिअर प्रेमीहरू हो

तिम्रा चाहनाका आँखाहरूमा

तिम्रा जमानाको यो प्रेम दिवस

उदाससीनतामा फूल्ने प्रेम फूलहरू जस्तै भए...

जुन सौन्दर्यको भट्टिमा

क्षणभर्मानै ओइली झर्छ, झर्यो, मर्छ पनि

 

ती उच्च-भौतिक आस्थाका मनमा

मेरो दरिद्र हैसिएतले दिएन सम्हाल्न

र जीवनभर नसकुला  पनि तार्न

म ती सुदुर असफल सम्झनामा

यस्तै यस्तै योगफल नभेटिने कविता कोरी रहनेछु...

भन तिमीलाई के दिऊ अरू ?

एक अंखोरा कन्चन पानी या

एक कप क्याँफे ल्याँटे ?

 

(मलाई थाहा छ

तिमीलाई क्याफे ल्याटे नै मन पर्छ)

 

तिम्रै सहर भित्र

सहरकै थोक  मनपर्छ आजभोली तिमीलाई

बेकरी केक या अरू कुनै महँगा कार्ड

त्यो पनित मेरो खल्तीको हैसिएतले दिएन खरिद गर

 

ओ मेरा प्रिय प्रेमिकाहरू ..!!

तिम्रा जमानाको यो प्रेम दिवस

मेरो लागि मन्दिरमा चढाएका फूलहरू जस्तै भए

जुन क्षणभर्मानै ओइली झर्छ, झर्यो, र झर्छन् पनि

भन तिमीलाई के दिऊ ?

एक टुक्रो कोदाको रोटी या

ब्ल्याक फरेस्ट केक ?

 

(मलाई थाहा छ

तिमीलाई ब्याक फरेस्ट केकनै मन पर्छ)

 

बरू तिमीले

दिल्‌मा उम्रेको एकतोला मन मागेको भए त हुन्थ्यो

झिकी दिन्थे हुँला तुनो फुकालेर

तर तिमीले मुटु नै मागेऊ

तिम्रो कसम मलाई

मुटु कलेजो दिन्छु भन्ने मान्छे मनै पर्दैन

म वास्तविक भन्दा पारिको सीमाना कप्न नसक्ने मान्छे

अर्को अर्थमा

माया स्पर्श मात्रको झोक्का पनित हैन

 

भन तिमीलाई के दिऊ ?

फेवा तालको जस्तै विशाल मन या

रानी पोखरीको जस्तै दूषित पानी मन ?

तिमीलाई

तिम्ले मान्ने गरेको प्रेम दिवसमा के दिऊ ?

गुलाफका फुलै फूलहरू या चुम्बनका अनगिन्ति रशहरू

याँ कोदाको कपनी र धानको बाला

याँ सिँगारी दिऊ महँगा-महँगा किम्मतीका दानाहरूले

भन तिमीलाई के दिऊ ?

 

मेरो मथिङ्गललाई था

तिम्लाई ब्र्यान्डेडकै थोक मनपर्छ आजभोली

जस्तै: लूइस भुइटन, गुची या  स्याँनल

या अरू कुनै ब्र्यान्डेड मेडहरू..!!

 

तर मेरा  प्रिय प्रिमिअर प्रेमीहरू हो

तिम्रा चाहनाका आँखाहरूमा

तिम्रा जमानाको यो प्रेम दिवस

उदाससीनतामा फूल्ने प्रेम फूलहरू जस्तै भए...

जुन सौन्दर्यको भट्टिमा

क्षणभर्मानै ओइली झर्छ र झर्यो र मर्छ पनि

ती उच्च-भौतिक आस्थाका मनमा

मेरो दरिद्र हैसिएतले दिएन सम्हाल्न

र जीवनभर नसकुला  पनि तार्न

म ती सुदुर असफल सम्झनामा

यस्तै यस्तै योगफल नभेटिने कविता कोरी रहनेछु...

भन तिमीलाई के दिऊ अरू ?

एक अंखोरा कन्चन पानी या

एक कप क्याँफे ल्याँटे ?

 

(मलाई थाहा छ

तिमीलाई क्याफे ल्याटे नै मन पर्छ)

 

तिम्रै सहर भित्र

सहरकै थोक  मनपर्छ आजभोली तिमीलाई

बेकरी केक या अरू कुनै महँगा कार्ड

त्यो पनित मेरो खल्तीको हैसिएतले दिएन खरिद  गर्न

 

ओ मेरा प्रिय प्रेमिकाहरू ..!!

तिम्रा जमानाको यो प्रेम दिवस

मेरो लागि मन्दिरमा चढाएका फूलहरू जस्तै भए

जुन क्षणभर्मानै ओइली झर्छ, झर्यो, र झर्छन् पनि

भन तिमीलाई के दिऊ ?

एक टुक्रो कोदाको रोटि या

ब्ल्याक फरेस्ट केक ?

 

(मलाई थाहा छ

तिमीलाई ब्याक फरेस्ट केकनै मन पर्छ)

 

बरू तिमीले

दिलमा उम्रेको एकतोला मन मागेको भए त हुन्थ्यो

झिकी दिन्थे हुँला तुनो फुकालेर

तर तिमीले मुटु नै मागेऊ

तिम्रो कसम मलाई

मुटु कलेजो दिन्छु भन्ने मान्छे मनै पर्दैन

म वास्तविक भन्दा पारिको सीमाना कप्न नसक्ने मान्छे

अर्को अर्थमा

माया स्पर्श मात्रको झोक्का पनित हैन

 

भन तिमीलाई के दिऊ ?

फेवा तालको जस्तै विशाल मन या

रानी पोखरीको जस्तै दूषित पानी मन ?