मान्छे र रुख

Author : हाङयुग अज्ञात
Published on : January 13, 2012


  
हाङयुग अज्ञात
Author

मान्छेले भन्यो-

'मलाई पैसा चाहियो !'

रुखले भन्यो-

'मेरो फल टिपेर बजारमा लैजाऊ !'

 

फल टिपेर बजार लगिसकेपछि

मान्छे हरायो  !

निक्कै पछि तेही मान्छे

फेरि रुखको सम्मुख उभियो-

'मैले बिहे गरें र अब मलाई घर चाहियो !'

खुसी साथ रुखले भन्यो-

'मेरा हाँगाहरू काटेर लैजाऊ र घर बनाऊ !'

मान्छेले रुखका हाँगाहरू काटेर लग्यो र फेरि हरायो  !

 

निक्कै पछि तेही मान्छे

फेरि रुखको सम्मुख उभियो-

'मलाई नदी तर्नु छ तर डुंगा छैन,

के मलाई सहयोग गर्न सक्छौ रु'

गद्गद् हुँदै फेरि पनि रुखले भन्यो-

'मेरो जिउ काटेर डुंगा बनाऊ र नदी तर !'

 

आखिर मान्छेले

हराभरा रुखलाई ठुटा बनायो  !

यसरी ठुटा भएको रुख

एक्लै उदास बाँचिरहेको थियो

कि अचानक एकदिन यौटा बूढो मान्छे आयो

उसलाई देखेर रुखले भन्यो-

'अब त तिमीलाई दिने मसित केही पनि छैन !'

यो सुनेर त्यो बूढो मान्छेले भन्यो-

'म सारै थाकेको छु, एक्कैछिन् तिम्रो ठुटामा बस्न देऊ !'

खुशी हुँदै ठुटा भएको रुखले

त्यो मान्छेलाई आफूमा बस्न दियो  !