हाम्रो नेपालमा Author : टोप बहादुर राई Published on : January 13, 2012 |
||||||
अलिकती दुखेछ मेरो देश यता भोकमरीले छट्पटाउदा छोराहरू उता बासमती चामलले मगमगाएछ हजुरको मेश । अलिकती खुईलिएछ बिपन्नताले मेरो देश यता नाङ्गो आङ्ग बोकेर भौतारिरहदा टुहुराहरू उता विदेशी मेहन्दीले रंगिएछ हजुरको पुगनपुग ४ कोरीको केश । अलिकती लुटिएछ मेरो माटो यता झोलुङ्गे पुल चुडिएर सेतीमा खस्दा बासमतीहरू उता आफु उड्ने खनेछौ हजुरले आकाशे बाटो । अलिकती बगेछु आशु भई म पानी पानी यता छट्पटाउदा तिर्खाले बिर्खेहरू अन्तै तर्काईदियौ हजुरले कोशीको भङगालो जानी जानी । अलिकती रोएछु मैले मेरो देशका लागि यहाँ छाउनु छ शान्तिको लहर उता कुर्सीको प्रहार हजुर कति त्यागी । |