खुसी Author : बैद्यनाथ उपाध्याय Published on : January 03, 2012 |
||||||
पीरले लोलाएको यो समयमा उल्झिएका छन् मेरा प्रत्येक दिनहरु ! मन भित्र भित्रै चलिरहेछ अविरल एक घमासान ! असाध्यै राम्रो लागेर अपनाएको चीज पनि केही क्षणमै वाक्कै लाग्ने यो कस्तो विडम्बना ! रातको प्रगाढता लम्पसार भएर तेर्सिएको छ वारी-पारी क्षितिजभरी पूर्पूरोमा हात राखेर नियालिरहेछु,हरेक अनुहारहरु आखिर मैले चाहेको त्यो खुसी के होर ? असाम भारत |