मांशाहारी फूल

Author : भवानी तावा
Published on : December 22, 2011


  
भवानी तावा

फूलको परिभाषा उहिले बाजेले सुनाउँदा

अर्कै सुनेको थिएँ-

फूल त सुन्दररकोमलताले मस्किएर

लोभ्याउँदै फुल्छरहाँस्छ लुकेर

अनि प्राणप्रिय बन्छ रे,

 

रगतको भेलमा उत्पत्ति भएको

युद्धपिपासुहरूको अनुहार बेस्मारी चपाएर

मान्छेको सिङ्गो अवयवले अघाएको

आलो रगतहरूको बाढीले मातेको

पप्पीको इतिहास सुन्छु

कहाली लागेर आउँछ....

मान्छेहरूले वीरताको प्रतीक मानोस्

या विश्वयुद्वले परेड खेलको रगतको आहालमा

चपाइएका अनुहारहरूको स्मृति दिवसको ऐतिहासिक गाथा भनेर

पप्पी 'डे' मनाओस्

तर त्यो फूललाई

म त हिंसाले अघाएको फूल भन्छु

, सबै फूलको पछाडि त्यस्तै यौटा

कहालिलाग्दो इतिहास छ जस्तो लाग्छ,

 

समयले मान्छेलाई

परिवर्तनशील बनाउँदो रहेछ

जमानाको इडिपसजस्तै

हगेपछि दैलो देखेर के गर्ने - तर

आजकल त जानी-जानी दैलो हग्ने शक्तिको बानी छ

हो, त्यो दुर्गन्धले पालेको वर्तमानमा

पर्यावरणको कथा च्यातिएर

धुजाधुजा भएको छ,

मैले कल्पेको सुन्दर फूलभन्दा

मांशाहारी फूल इतिहासले नटालिने भएको छ,

 

त्यसैले परागसेंचन गर्ने ज्यामी मौरीहरूले

भाले मौरीले जस्तै

त्यो फूलको सामु मृत्यु स्वीकार्नुपर्छ

फूलको इतिहासमा -

क्षेप्याश्त्र रस बेस्मारी पिउनै पर्छ,

यो अणुरपरमाणुको रगतले सिंचिएर

निरपराध जैविकहरूको हत्या गरेर

यौवनको उल्लासमय आकर्षामा लोभ्याउने

प्रत्येक फूलको युग फलाक्नु पनि अपराध हुने भएको छ

त्यसैले अब पप्पीको कथालाई कसरी सुनाउने ?

कैयौं प्रजातिका मांशाहारी फूललाई के भन्ने ?

फूलको यो प्रश्नले

मानव समुदायमा पनि प्रश्न खडा भएर

प्रश्नलाई हत्केलामा खेलाउँदै

आफ्नै मुटुको एक भाग भनौं या नभनौं

मैले स्वीकारेको

मेरो यौटा मृत्युमा

श्रद्धास्वरूप तिगेजङ्नाजस्तै क्रन्दन घन्काएर

दाह-संस्कार गर्ने शुनःशेपको अगाडि

म अजीगर्तको हिम्मत लिएर आज

आफ्नै छोराको हत्या गर्दै छु,

 

लोभ-लालचले मलाई यहाँसम्म गिराएको छ

परिवर्तनशील यो वर्तमानमा र बाध्यतावश

मान्छेले फूलको इतिहास पढेर कहालिनुपर्छ

मांशाहारी फूलसँग जोगिनै पर्छ,

अजीगर्तलाई घृणाले तिरस्कार गर्नुपर्छ,

 

आज म -

सबैसँग कहालिएर भाग्दै छु

निर्बिघ्न बाँच्नुको लागि

तीतेपातीको पानीले अवयवभरि छिट्याएर

आफ्नो माङ्गेना गर्दैछु,

 

मेरो आयु त थपिन्छ थपिन्न -

थाहा छैन -

तर भावनामा पग्लेर

सुन्दरताको मोहले झण्डै म

स्फिंक्सको आहारा भएको छु

मेरो कायाकल्प चपाएर त के भो रु

एकमुठी माटोमा बिलाउने नश्वर देह

कालयात्राको टुङ्गाउनी पर्खंदा-पर्खंदै

अकालयात्राको चक्रव्यूहमा रुमल्लिएर

यहाँ माङ्साहारी फूलमा बली चढेका ज्यामी मौरीजस्तै

प्रलोभनमा फस्दा-फस्दा

अब मृत्युको खाडलबाट हाम्फालेर

निर्वाध बाँच्न यहाँ गाह्रो भइसकेको छ

तर फूलसँग घृणाको संकल्प जपेर

अझै पनि -

यहाँ हिङ्स्रक र

शान्त विचारको अन्त्याक्षरीहरू हेर्दै छ

हारजीतको फैसला सुन्नलाई स्फ्रिङ्सको मूर्तिलाई बोलाउँदै छु,

 

, मूर्तिको पाइलाले नापेको यात्रामा-

कैयौं दिन मरुभूमिको बाटो हिँडेर

मैले पढेको पाठशाला र

बेविलोनको हेङ्गिङ् गार्डनको पाठमा

मरुभूमिको बालुवा केलाउँदै

शोक सन्तप्त र उद्विग्न कथाहरू पढ्दा

नेबुचोड्नेचरले बगैंचाभरि

सुन्दरर कोमल फूल रोपेका छन् भन्थे,

 

तर मेरो प्रत्यक्ष यात्राको अनुभूतिले त भन्छ-

यस परिवर्तनशील भू-भागहरूमा

बगदादको बगैंचामा सद्दाम र बुशले रोपेको

लादेनको अस्थिरपञ्जर चपाउन

तालेवानले हुर्काएको

खिनौटिएका मांशाहारी फूलहरूले

धेरै मान्छेहरूलाई क्वाप्प-क्वाप्प निलेका छन्

म सम्झनाले रन्थनाउँछु

बेविलोनको फूल मायालु रानीको थियो होला

तर बगदादको फूल स्वार्थको थियो

कन्धाहारको फूल आतङ्क र दमनको थियो

वर्तमानको शक्ति विमोचनलाई लोकार्पण गर्न

यौटा माखेसाङ्लोको फन्दामा फसेका

ज्यामी मौरीहरूको अन्त्यको साक्ष्य इतिहास थियो

अत्याचार मुक्त दासत्वको न्यानो थाङ्नाको थियो,

 

, शान्ति र हिंसाको यो पृथकताले

आफै अचम्मित भएर

कहिलेकहीँ कल्पनामा डुब्छु

यो हिङ्स्रक उपार्जक भूमिको

कहालीलाग्दो मृतक इतिहास सुन्दै

शून्य आकाशमाथि कावा खाएर

क्षत-विक्षत धर्तिको कायाकल्प खोतल्ने

हिङ्स्रक कावाबाजीहरूलाई प्रतिक्षण रमिता हेर्दै

सन्त्रासको भूमरीमा जिउनुभन्दा

बेकसुर सत्यताको कायाकल्प टक्टक्याउँदै

कता-कता अर्काडियामा हराउन मन लाग्छ ।