नयाँ नेपाल पुरानै मान्छे !

Author : नरेश ठूले
Published on : November 18, 2011


  
नरेश ठूले

समयको कालखण्डले

जो नेपाल देश निर्माण गर्यो

लाग्दछ, अभागि नै हुन् की त यहाँका जनता

जो प्रत्येक शासकहरूले

उनिहरूको स्वाभिमानलाई कुल्चेर

केवल रैति बनाए

, बहुलताको अश्तित्व बिक्षिप्त पारेर

राष्ट्रलाई घोडा चढे

मुलुकलाई पैतृक विर्ता जस्तै सम्झेर

नारेर आफ्नो प्रभुत्व

तुच्छ स्वार्थ पुरा गर्ने थलो बनाए

, रतिक्रिडा गर्ने वधशाला बनाए

प्रत्येक कालखण्डमा उदाएका

हरेक धुर्त नयाँ शाशकहरूले,

 

जनता तिनै हुन्

जो नेताहरूलाई साथ दिए

जनता तिनै हुन्

जसले नेताहरूलाई काधमा चढाए

जनता तिनै हुन्

जसले प्रत्येक आन्दोलन र युद्घहरूमा

होमिएर ज्यानको बलि चडाए

रगत बगाए

भीषण युद्घ लढे

सत्ता र शत्रुका अवशेष ढालेर

तिनै नव नेतालाई

सत्तासिन बनाए

शाशक बनाए,

 

हाम्रो नेपालमा

जति बदलिए पनि नयाँ शासन

जति उदाए पनि नयाँ शाशक

कुनै भिन्नता आएन 

केवल मान्छे फेरिए

नश्ल फेरिएन

अनुहारहरू फेरिए

मुहार फेरिएन

व्यक्ति फेरिए

स्वभाव फेरिएन

युग फेरियो

विचार फेरिएन

तेसैले

प्रतेक पल्ट ईतिहास दोहोरियो

मात्र शाशक नयाँ

तर उहि पुरानो काईदा

उहि पुरानो नेपाल,

 

इतिहासका लामबद्घ पंक्तिहरूमा

प्रत्येक शाशकहरूबाट

शासित हामी

शोषित हामी

साताइएका हामी

फसाइएका हामी

अपमानित हामी

ठगिएको हामी

बेचिएका हामी

सर्वश्व लुटिएका पिडित

आदिमकाल देखिका

आदिम मान्छे हामी

आदिवासी जनजाति हामी,

 

राणा शासनको १०४ बर्ष

खेपिउ हामीले

निरङ्कुश शासनको ३४० बर्ष भोग्यौं हामीले

पन्चतन्त्रको ३० बर्ष शाशन थेग्यौं हामीले

बहुदलको १२ बर्ष नि देख्यौं हामीले

जनयुद्घको १० वर्ष पनि बरण गर्यौं हामीले

त्यहि युद्घको नाममा-

हजारौको ज्यान लास बनेको छ

, त्यही लासको पहाड माथि चढेर

अनेक रुप बदलेर

वर्ग संघर्षको नाममा

संघियताको नाममा

समावेशीको नाममा

स्वयत्तताको नाममा

गणतन्त्रको नयाँ नारा फुकेर

सत्तामा नयाँ शाशकहरू पुगेका छन्,

 

अब मनन् गरेर

प्रत्येक हामीहरूले

शासकहरूको चलखेललाई

हेर्नु परेको छ तेश्रो आँखाले

सुन्नु परेको छ तेश्रो कानले

बुझ्नु परेको छ तेश्रो ईन्द्रीयले

नत्र इतिहास पुनः दोहोरिन सक्छ

गणतन्त्रको नाममा षणयन्त्र हुन सक्छ

सम्झौताको नाममा धोका हुन सक्छ

शब्दजालको चटकी खेल खेलिन सक्छ

तेसैले व्यूझनु परेको छ नयाँ नेपालमा

आदिम मान्छे हामीहरूले

सोच्नु परेको छ मुष्ट भई आजको नयाँ नेपालमा

सम्पूर्ण आदिवासी जनजाति र उत्पिडित वर्गहरूले ।