गीत

Author : कृष्णकला वनेम
Published on : November 04, 2011


  
कृष्णकला वनेम

बादलुले ढाकी दियो मायालुको गाउँलाई

सधै उनि रम्दै हाँस्ने स्वर्गिय ठाउँलाई

 

उनी सङ्गै लुकामारी खेल्ने वन पाखा 

बादलुले छोपी दिदा रसाई दियो आँखा

लेखेकीथे एउटा चिठी माया तिम्रो नाममा

कतै हात परेन कि शंका लाग्यो मनम

 

सुसेलीमा मायालुलाई बोलाउँ भनी आउँदा

छाती पोल्छ किन त्यहाँ बादलुले छाउँदा

भन्ज्याङ् वारी चौतारीमा उनी नआउँदा 

डर लाग्छ त्यो पत्रको  उतर नपाउँदा ।