गजल

Author : किरण थेबे लिम्बू
Published on : October 24, 2011


  
किरण थेबे लिम्बू

तिहार आउँदा साह्रै खुसी हुँदै होलिन मेरी बैनी,

सयपत्रीको फूलमाला उन्दै होलिन मेरी बैनी ।

 

भाई टिकामा माईतीलाई उपहार दिनु भनि,

दिनरात ढाका टोपी बुन्दै होलिन मेरी बैनी ।

 

विपनीमा सम्झिएर सपनीमा मलाई देख्दा,

ब्युँझिएर मेरै तस्विर छुँदै होलिन मेरी बैनी

 

माईती संग रोटेपिङ खेल्न जाने कल्पनामा, 

औंला भाँची आउने दिन गुन्दै होलिन मेरी बैनी ।

 

बा-आमालाई फोन गरी बहिनीकै बारे सोध्दा,

छेउमा बसी चुल्ठो खेलाई सुन्दै होलिन मेरी बैनी ।

 

अभाग्यवश मैले बिदा नपाएको खबर सुन्दा,

ओछ्यनमा घोप्टिएर रुँदै होलिन मेरी बैनी ।

 

 

ग्रेश ,बेलायत