गजल

Author : किरण थेबे लिम्बू
Published on : September 13, 2011


  
किरण थेबे लिम्बू

हात थामि साथ दिंदा बात लाग्यो आज

चोखो मनलाई बदनामको जात लाग्यो आज,

 

विश्वास गर्दा आफैलाई घात लाग्यो आज

आफ्नै माया पराई हुँदा अज्ञात लाग्यो आज,

 

बिर्सी जाने निष्ठुरीलाई भूल्नै नसकेर

बल्झी रहने सम्झनाको खात लाग्यो आज,

 

मदहोशी मुस्कान उनको नजरले पिउँदा

यादभरी नमेटिने मात लाग्यो आज,

 

किरण बिना तारा टिलपिल नभएर हो किरु

साँझ पर्दा मेरै पछि रात लाग्यो आज ।