म सेती गहिरो बग्छु

Author : दिपा एवाई राई
Published on : August 04, 2011


  
दिपा एवाई राई

यहाँ ताल भएर जम्न

पहाड झै अटल

धेरै उचाईको

हिम शिखर बन्नुसँगको औचित्यमा

ठट्टा लागेर

सबै सबैका

अगाडिबाट रहस्यमय

बिल्कुल स्वतन्त्र

तर भासमा गहिरीएर

म सेती बगी रहेछु,

 

प्रकृतीको मधृ्मासमा

लालुपाते फुल फुलेर

सारङकोट सुन्दर बने होला

हिउँदमा

हिम झरेर

सगरमाथा गौरवशाली देखीए होला

बेगनास ताल

हुनुको सौदर्यहरुमा

सारा पशुपंक्षी रमाई

त्यही झुमी रहे होला,

 

तर

के कसैलाई थाहा छ ?

त्यहि हिम र्पवतहरुलाई पगालेर

एन्ट्रर्टीकाको रहस्यमय जलमा

महाकाल गुफाको

शिला पत्थरलाई छेडी

म भासमा बग्दै गरेको !

 

हो !

पृथ्वीको गर्भमा

अङ्‌कुरण भई

प्रकृतीको बोध गर्न नपाउदै

तिमीले म माथी

हिन्दमहासागरबाट ज्वालामुखको

ज्वारभाटा उछाली

स्वतन्त्रको सिमांकन गरी

मेरो सजीव अस्तित्वलाई

नर्थपोलको गर्भमा नै विलीन गर्न चाहन्थ्यो,

 

तिम्रो यो दुस्भावानाले

म लज्जीत भई रहेछु,

 

अब म भित्र विद्रोहको

कुनै बाढी नआउदै

जमिन नफाट्दै

म तिम्रो

सह अस्तित्वमा

तिमीले थाहा नपाउदै

आज

तिमीभित्र

केवल गहिरो भासमा बगी रहेछु

अथाह गहिराई भासमा

म सेती गहिरो बगी रहेछृ् -बग्दैछु र

म सेती गहिरो बगिरहने छु।