घाम

Author : केदार 'संकेत'
Published on : July 24, 2011


  
केदार 'संकेत'

भन्छ्यौ तिमी

घाम सँधै, एकै ठाँमबाट उदाउँछ

तर मलाई टुलुटुलु हेरेर बस्या ४१ वर्षे

क्षितिजले गिज्याँउछ त्यसो हो भन्दा ।

 

तिमी नै भन अब

घाम सँधै कहाँ एउटै पूर्व क्षितिजको पिठिमबाट उदाउँछ र.....

न अस्ताउँछ फेरि तिमी जस्तै निर्धक्क भएर ।

 

'ऊ' त सँधै झुल्किरहन्छ निरन्तर

र पच्छ्याई रहन्छ

घाम छलेर बस्नेका कोटा-चोटाहरूमा 

 

दिनै पिच्छे

यहीबाट हेर्देछु तिमीलाई

यू भी प्रोटेक्सन बिनाको कालो चस्माबाट

र यो जीवनको व्यस्त च्यापबाट पनि 

 

घामबाट चन्द्ररश्मि भएर

शीत झार्दै हिँडेका

आला तिम्रा गोहोहरू ।